माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा प्रकाशन नभएसम्म कक्षा ११ मा शैक्षिक सत्र २०८० का लागि नयाँ भर्ना नलिन काठमाडौं महानगरपालिकाले सबै विद्यालयलाई निर्देशन दिएको छ ।
महानगर शिक्षा विभागले एक सूच्ना जारी गर्दै केही विद्यालयले कक्षा ११ मा नयाँ भर्ना सम्बन्धी निकालेको सूचना प्रति आफ्नो ध्यानाकर्षण भएको जनाउँदै यस्तो निर्देशन दिएको हो ।
शिक्षा विभागमा केही विद्यालयले भर्ना सम्बन्धी सूचना प्रकाशन गरेको उजुरी परेपछि सबै विद्यालयलाई भर्ना नलिन निर्देशन सहितको पत्राचार गरेको छ ।