After SEE Portal

नेपाल नर्सिङ परिषद्ले नामदर्ता प्रमाणपत्र परीक्षा भदौ १९ गते लिने

Bridge Course

नेपाल नर्सिङ परिषद्ले नामदर्ता प्रमाणपत्र परीक्षा भदौ १९ गते सञ्चालन गर्ने भएको छ । वार्षिक कार्य तालिका अनुसार नामदर्ता प्रमाण पत्रको परीक्षा भदौ १९ गते गर्ने भएको हो ।

परीक्षामा सामेल हुन परीक्षार्थीहरुलाई प्रविणता प्रमाण(पत्र तह नर्सिङ वा वीएस्सी नर्सिङ उत्तीर्ण भएको हुनु पर्ने र नेश्नल लाईसेन्स एक्जामिनेसन फर मिडवेभ्स् परीक्षामा सामेल हुने परीक्षार्थीहरु बीएमएस पास गरेको हुनु पर्ने परिषद्ले आज प्रकाशित गरेको सूचनामा उल्लेख गरेको छ ।

साथै विद्यार्थीले अनलाइनबाट फारम भर्न सकिने र फारम बुझाउने समय साउन १० देखि भदौ ७ गतृे सम्म रहेको छ । विद्यार्थीले दोब्बर दस्तुरतिर विद्यार्थीले भदौ ८ देखि १३ गतेसम्म फारम भर्न सक्ने सूचनामा उल्लेख गरेको छ ।

A Levels MA
Thuprai - Books and E-books