After SEE Portal

अन्तर्राष्ट्रिय सम्मेलन गर्दै नेपाल केमिकल सोसाइटी

Bridge Course

नेपाल केमिकल सोसाइटीले छिमेकी मुलुकमा जस्तो काम गर्ने अनुकूल वातावरण नपाएको काठमाडौं विश्वविद्यालयका पूर्वउपकूलपति सुरेशराज शर्माले बताएका छन् ।

नेपाल केमिकल सोसाइटीको ३४ औं वार्षिक साधारण सभामा बोल्दै उनले यस्तो धारणा राखेका हुन् ।

‘नेपालमा हरित क्रान्ति (खाद्यमा) र स्वेत क्रान्ति (दुधमा) गर्न सक्ने प्रशस्त संभावना हुँदा हुँदै नेपालमा केही गर्न सकिएको छैन ।’ उनले भने, ‘सीमित स्रोत र साधनका कारण हामीले केही गर्न सकेका छैनौं।’

 उक्त कार्यक्रममा बोल्दै सोासइटीका पूर्व अध्यक्ष अम्मर यादबले केमेष्ट्रिका विद्यार्थी अनुसन्धान केन्द्रीत हुनु पर्ने बताए ।

उक्त कार्यक्रममा विज्ञान तथा प्रविधि मन्त्रालयका सहसचिव सुरेन्द्र सुवेदी, अमृत साइन्स क्याम्पस प्रमुख पुष्प हुँमागाइलगायतले नेपालीको स्वास्थ्य संरक्षणमा केमिकल सोसाइटीले उल्लेखनीय भूमिका खेल्न सक्ने धारणा राखेका थिए ।

सो कार्यक्रममा सोसाइटीले पहिलो पटक केमेष्ट्रि अध्ययनरत छात्र/छात्रालाई आउट स्ट्याडिङ स्टडी अवाड प्रदान गर्न सुरु गरेको छ । यसै वर्षबाट प्रदान गर्न सुरु गरिएको सो अवाड यो वर्ष त्रिभुवन विश्वविद्यालयको एमएसी टपर छात्रा संगीना महर्जनलाई प्रदान गरेको छ ।

सोसाइटीले महर्जनलाई ५ हजार नगद र प्रमाण प्रत्र प्रदान गरेको हो ।

भने आगामी वर्षदेखि उत्कृट शिक्षकलाई पनि अवाड प्रदान गर्ने सोसाइटीका महासचिव भानुभक्त न्यौपानेले जानकारी दिए ।

सोसाइटीले आगामी नोभेम्बर २७ र २८ मा अन्तर्राष्ट्रिय कन्फ्रेन्स समेत गर्ने भएको छ । उक्त कार्यक्रममा ४० औं जर्नलको समेत लोकार्पण गरिएको थियो । सोसाइटीका अध्यक्ष प्रा.डा निरञ्जन पराजुलीको अध्क्षयतामा सम्पन्न सो कार्यक्रममा  सोसाइटीका सातै प्रदेशका प्रतिनिधिको सहभागिता थियो ।

A Levels MA
Thuprai - Books and E-books