After SEE Portal

शिक्षा र उद्योगको पुल बन्न नेपाल मार्केटिंग एसोसियसनको स्थापना गरिंदै

Bridge Course

 

नेपालमा बजार व्यवस्थापन विषयको अध्ययन तथा विद्यार्थीलाई उद्योग सँग जोड्ने संस्थाको आवश्यकता महसुस गरी यसको संवृद्धिका लागि नेपाल मार्केटिंग एसोसियसन स्थापनाको घोषणा गरिएको छ। संयोजकद्वय डा. गोपाल थापा र सुशील अवालेको संयोजकत्वमा व्यवसायीमध्धे सन्तोष श्रेष्ठ, सुजन राजा श्रेष्ठ, सिए हरि सिलवाल, राजेन्द्र महर्जन, पुष्कर शर्मा, मनिषा लुइँटेल र सूर्य थापा छन् भने शिक्षा क्षेत्रबाट सुरेन्द्र थापा, सत्येन्द्र उप्रेती, श्याम कुमार थापा र नुश्रत जहान रहेको समिति गठन गरिएको हो । विशेष छलफल र रोजगारीको सुनिश्चिततामा ध्यान जानुपर्छ भन्ने उद्देश्यका साथ एसोसिएसनको स्थापना  गर्न लागिएको बताइएको छ ।

फोटोः योग कँडेल

गत शुक्रवारआयोजित एक कार्यक्रमका विच एसोसिएसनको लागि प्रारम्भिक छलफल समिति गठन गरिएको हो । विज्ञ, व्यवसायीहरुको उपस्थिति र चार्टर्ड मार्केटर प्राडा तुल्सी धरेलको प्रमुख आतिथ्यतामा डा. गोपाल थापाको नेतृत्वमा टोलीले गठन प्रक्रिया र कार्ययोजनाबारे छलफल भएको जानकारी दिइएको हो ।

कार्यक्रममा प्राडा धरेलले क्यानाडामा बसेपनि आफ्नो जन्मभूमीमा केहि गर्ने चाहना भएकोले साथीहरुलाई एकजुट गराएर यो कार्यक्रमको थालनी भएको बताएका छन्। कार्यक्रमका प्रमुख अतिथिको यो क्षेत्रको अनुभवबारेको भनाई, गोष्ठी संयोजकद्वय डा थापा र सुशील अवालेको अवधारणाका साथै अन्य शिक्षा र उद्योगका प्रतिनिधिहरुको भोगाईबारेको वक्तव्यपश्चात प्रारम्भिक छलफल समिति गठन गरिएको थियो।

‘आजको युगमा मार्केटिंगविना केहि पनि कल्पना गर्न नसकिने र नेपालमा यसको परिभाषामै जनचेतनाको खाँचो भएकाले हामीले यो छलफलको थालनी गरेका हौ’, डा. थापाले भने, ‘यो क्षेत्रमा लागेकाले आफ्ना चुनौतीका बारेमा भन्ने र सल्लाह लिने ठाउँको पनि परिकल्पना हो।’

फोटोः योग कँडेल

प्राडा धरेल क्यानेडियन मार्केटिंग एसोसियसनका बोर्ड काउन्सिल सदस्य हुन्। मार्केटिंग प्राध्यापनमा जीवनको धेरै वर्ष बिताएका धरेल नेपालको शिक्षालाई आफ्ना अनुभवले थप प्रयोगात्मक र बजारमुखी बनाउन चाहन्छन। हरेक वर्ष जसो नेपाल आएर अत्यधिक समय शैक्षिक व्यक्तित्वसित भेटघाट र छलफल गर्दै आएका धरेलको एसोसियसन स्थापना गर्ने सपना धेरै अघिको हो।

कार्यक्रममा केएमसीका प्रिन्सिपल सुरेन्द्र सुबेदीले विद्यार्थी र उद्योगलाई जोड्ने यस्ता कार्यक्रमका सन्दर्भमा काठमान्डौ मोडेल कलेज परिवार सधैँ सहयोगको लागि तत्पर रहेको र भोलिका दिनको लागि सम्झन आग्रह गरेका थिए । छलफलपछि सहभागीहरु चियापान र नेटवर्किंगमा सामेल भएका थिए । 

A Levels MA
Thuprai - Books and E-books