After SEE Portal

अब मापदण्ड पुरा नगर्ने इन्जिनियरिङ कलेजको स्विकृती खारेज

Bridge Course

प्रतिनिधि सभामा आज नेपाल इन्जिनियरिङ परिषद् पहिलो संसोधन विधेयक २०७६ पारित भएको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङले राष्ट्रिय सभामा उत्पत्ति भएको नेपाल इन्जिनियरिङ परिषद् पहिलो संसोधन विधेयक, २०७६ प्रस्ताव प्रस्तुत गरेका थिए ।

सो विधेयकमाथि छलफलमा भाग लिदैं सांसद प्रेम सुवालले इन्जिनियरिङ शिक्षालाई गुणस्तरीय बनाउन पर्याप्त छलफल गर्न आवश्यक रहेको बताए । सो विधेयकमा विश्वविद्यालयलाई अधिकार सम्पन्न गराउनुपर्ने भन्दै निजी कलेजको दवदवामा विधेयक ल्याउन नहुने धारणा राखे । 

सांसद रेणुका गुरुङले मापदण्ड पुरा नगर्ने कलेजको स्विकृती खारेज गर्ने व्यवस्था विधेयकमा समेटिनु स्वागत योग्य कुरा भएको बताईन् । सांसदहरुले यो विधेयकले विकासका आधारहरु पुरा गर्न र दक्ष इन्जिनियर उत्पादन गर्न अग्रणी भूमिका खेल्ने बताएका छन् । 

जेठ २०७६ मा संसदमा पहिलोपटक प्रस्तुत भएको संसोधनसहितको विधेयक..

A Levels MA
Thuprai - Books and E-books