नेपाली सेनाद्वारा अधिकृत क्याडेट पदको लागि दरखास्त आव्हान

नेपाली सेना श्री भर्ना छनौट निर्देशनालय, कार्यरथी विभाग,जंगी अड्डा 

अधिकृत क्याडेट पदको लागि दरखास्त आव्हान ।

(प्रथम पटक प्रकाशित मिति २०७६/०५/०४ गते) नेपाली सेनामा रिक्त अधिकृत क्याडेट पद खुला तथा समावेशी प्रतिष्पर्धाबाट पदपूर्ति गर्न योग्यता पुगे का ईच्छुक नेपाली नागरिकले नेपाली सेनाको आधिकारिक वेब साईट www.nepalarmy.mil.np बाट online दरखास्त फाराम भरी सो को प्रिन्ट आउट सहित स्वयम् उपस्थित भई देहायका भर्ना केन्द्रमा रू.१०।- (दश) को टिकट टाँसी दरखास्त पेश गर्न आव्हान गरिन्छ। माग पद संख्या तथा भर्ना सम्बन्धी सूचनाको विस्तृत जानकारीको लागि नेपाली सेनाको आधिकारिक वेब साईट www.nepalarmy.mil.np तथा नेपाली सेनाको मोबाईल एप्लिकेशन Nepali Army बाट पनि हेर्न र डाउनलोड गर्न सकिनेछ, साथै मिति २०७६/०५/०४ गतेको गोरखापत्र दैनिक पत्रिकामा हेर्न समेत सूचित गरिन्छ।

भर्ना केन्द्रहरु

  • श्री भ.छ.नि., का.र वि., जंगी अड्डा
  • श्री पूर्वी पृतना हे.क्वा., सुनसरी
  • श्री मध्य पूर्वी पृतना हे.क्वा., धनुषा 
  • श्री मध्य पृतना हे. क्वा., हेटौडा
  • श्री पश्चिम पृतना हे.क्वा., पोखरा 
  • श्री मध्य पश्चिम पृतना हे.क्वा.,रुपन्देही 
  • श्री उत्तर पश्चिम पतना हे.क्वा., सुर्खेत 
  • श्री सूदुर पश्चिम पृतना हे.क्वा., दिपायल 
Degrees offered in nepal
Counseling
Bachelors Portal