After SEE Portal

निःशुल्क ट्युशन पढ्न पाएकामा खुशी

Bridge Course

सिरहा, २८ जेठ (रासस): कृषि बँधुवा मजदुर ( हरवा चरवा कोदर्वा ) न्यूनीकरण कार्यक्रमअन्तर्गत दि फ्रिडम फण्ड सहयोग तथा भवानी एकीकृत विकास केन्द्र सिरहाद्वारा सञ्चालित किशोरकिशोरी विकासका लागि निःशुल्क ट्युशन कार्यक्रम लक्ष्मीपुर पतारी गाउँपालिका १, २ र ३ मा सञ्चालन गरिएको छ । त्यसबाट गरीब तथा विपन्न परिवारका बालबालिका लाभान्वित भएका छन् । 

आर्थिक अवस्थाका कारण हरुवाचरुवाका २७९ बालबालिका निःशुल्क ट्यूशन पढ्ने अवसर पाएपछि खुशीले गदगद छन् । 

नेपाललगायत भारतका विभिन्न ठाउँमा मजदू्री गरिरहेका बालबालिकालाई समेत पढ्नका लागि विद्यालयमा भर्ना गराइएको भवानी विकास केन्द्र भवानीपुरका परियोजना संयोजक कपलेश्वर साहले जानकारी दिनुभयो । 

पहिले चित्त बुझाउन कठिनाइ भए पनि पछि अभिभावकलाई शिक्षाबारे बताएपछि बल्ल उनीहरुले आआफ्ना बालबालिकालाई विद्यालय पठाउन मानेको संयोजक साहले बताउनुभयो । 

“पढेर गरीब होइन्छ, बेकारमा के पढाउनू बरु दुईचार रुपियाँ कमाए फाइदा पनि हुन्छ, यो सोच हामीहरुले त्यागी आआफना बालबालिकालाई विद्यालयमा पढायौँ”, स्थानीय सहजकर्ता देवकी साहले बताउनुभयो । 

भेदभाव नगरी छोरासरह छोरीलाई समेत विद्यालय पठाइएको जानकारी उहाँले दिनुभयो ।

“मैले कहिल्यै सोचेकै थिइन कि मजस्तो गरीब दलितको सन्तानले पनि विद्यालयको मुख हेर्न पाउँछु, मैले निःशुल्क ट्यूशन पढ्ने मौका पाउँछु ”, निःशुल्क ट््युशन कक्षामा भर्ना हुनुभएका छात्रा रवीनाकुमारी दासले हर्ष विभोर हुँदै सुनाउनुभयो । झोला, कलम, कापी, किताब तथा पोशाक दिएर विद्यालय जाने अवसर प्रदान गरेकामा दासले भवानी केन्द्रलाई धन्यवाद पनि दिनुभयो ।

A Levels MA
Thuprai - Books and E-books