After SEE Portal

नागरिकलाई शिक्षा र आर्थिक पहुँचमा वृद्धि जरुरी

Bridge Course

काठमाडौँ, १५ फागुन (रासस): नागरिकलाई शिक्षा र आर्थिक पहुँचमा वृद्धि गर्न सकेमा मुलुकको सामाजिक तथा सांस्कृतिक परिवर्तन गर्न सकिनेमा जोड दिइएको छ । 

प्रतिनिधिसभाअन्तर्गत महिला तथा सामाजिक समितिले आज संस्कृतिविद् प्रा डा धनबहादुर कुँवरसँग ‘सामाजिक एवं सांस्कृतिक समावेशीकरणका मुद्दा’ गरेको छलफलमा सम्पूर्ण नागरिकलाई शिक्षा र आर्थिक पहुँच बढाउनुपर्नेमा जोड दिनुभएको हो । शिक्षाले व्यक्तिको सोच र परम्परागत संस्कारमा परिर्वतन ल्याउन सक्ने हुनाले विद्यालयस्तरदेखि नै पाठ्यक्रममा अनिवार्य रुपमा नैतिक शिक्षा पढाउन जरुरी रहेको उल्लेख गर्नुभयो । 

समितिका सदस्य गङ्गा चौधरी, दुर्गा राउत, हीरा गुरुङलगायतले समाजमा छुवाछूतजस्ता भेदभाव हटाउन र समतामूलक समाज निर्माणका लागि सबै एक भएर लाग्नुपर्ने धारणा राख्नुभएको थियो । समितिका सभापति निरुदेवी पालले महिला तथा सामाजिक समितिले समाजका रहेका परम्परागत विकृतिजन्य कुरालाई हटाएर समतामूलक समाज निर्माणका लागि समितिले निरन्तर सम्बन्धित क्षेत्रका विज्ञसँग सुझाव लिएर अगाडि बढ्ने बताउनुभयो । 

A Levels MA
Thuprai - Books and E-books