After SEE Portal

परिमार्जन र परिष्कृत शिक्षा प्रणालीको आवश्यकताः शिक्षा मन्त्री

Bridge Course

५७औँ अन्तर्राष्ट्रिय साक्षरता दिवसका अवसरमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीअशोक कुमार राईले  संविधानको कार्यान्वयन सँगै दिगो विकासको लक्ष्य हासिल गर्न संरचनागत तथा कार्यमूलक सुधार सहित समग्रतामा परिमार्जन र परिष्कृत शिक्षा प्रणालीको आवश्यकता रहेको बताएका छन् ।

उनले शुभकामना दिँदै संविधानतः शिक्षालाई नागरिकको मौलिक हकका रूपमा प्रत्याभूत गरिएकोले स्थानीय, प्रदेश र सङ्घ समन्वयात्मक योजनाका साथ अगाडि बढ्दै साक्षरताका कार्यक्रमहरू सञ्चालन गरी साक्षरता अभियान अगाडि बढाउनुपर्ने कुरामा दुईमत राख्न नहुने बताएका छन् ।

हाल साक्षरता कार्यक्रम अन्तर्गत आधारभूत साक्षरता, साक्षरोत्तर कार्यक्रम र महिला लक्षित आयआर्जन कार्यक्रम रहेका छन् । सामुदायिक सिकाइ केन्द्रहरूले साक्षरता र जीवन पर्यन्त सिकाइ कार्यक्रम सञ्चालनमा सहयोग गरिरहेका छन् । युवा तथा प्रौढहरूमा कार्यमूलक साक्षरताको अभिवृद्धि गर्नु र पढ्ने बानीको विकास गराउनु साक्षरता र जीवन पर्यन्त सिकाइको मूल उद्देश्य राखिएको छ ।

यस वर्षको अन्तर्राष्ट्रिय साक्षरता दिवस दिगो र शान्तिपूर्ण समाज निर्माणका लागि साक्षरताको प्रवर्द्धन भन्ने मूल आदर्श वाक्यका साथ मनाइरहँदा साक्षर नेपाल कार्यक्रम अन्तर्गत हाल ६४ वटा जिल्ला साक्षर जिल्ला घोषणा भइसकेका छन् । अनौपचारिक शिक्षा तथा आजीवन सिकाइको अवसर विस्तार गर्नका लागि २१५१ वटा सामुदायिक सिकाइ केन्द्रहरू सञ्चालनमा रहेका छन् ।

A Levels MA