After SEE Portal

दसैंमा गृहकार्य कि ! परियोजना कार्य ? बहसको आवश्यकता

Bridge Course

अनेकतामा एकता नेपालीको विशेषता हो । नेपालमा विभिन्न जात-जाति, भाषा-भाषी र विभिन्न धर्म मान्ने मानिसहरू एक अर्काको संस्कृतिलाई सम्मान गरेर रमाउँदै आएका छन् । हरेक जात–जाति, भाषा–भाषी र धर्म मान्ने मानिसहरू एकताको सूत्रमा बाँधिदै आएका छन् । आ–आफ्ना रीतिथिति, रहनसहन चालचलनहरूमा रमाउँदै आएका छन् । विविधता नै अनेकतामा एकताको एक महत्त्वपूर्ण उदाहरण र एकताको स्थापित कडी हो। नेपालमा पूर्व देखि पश्चिम तथा हिमाल, पहाड देखि समतल भूभाग तराईसम्म छरिएर बसोबास गर्ने हरेक नेपाली चाहे हिन्दु, इस्लाम धर्म, बौद्ध, किरात लगायतले आआफ्ना चाडपर्व छन् । यी मध्ये धेरै जनसंख्याले दसैं मनाउँदै आएका छन् ।

ठूलो जनसंख्याले मनाउँदै आएको दसैंमा विद्यालयले पनि बालबालिकालाई पढाइको निरन्तरता दिने भन्दै सबै विषयको धेरै गृहकार्य दिँदै आएका छन् । गृहकार्यले एकथरि बालबालिकामा बोझ बोकाउँदै आएको छ भन्दै आएका छन् भने अर्का थरि पठन संस्कृतिलाई निरन्तरता दिँदै आएको दाबी गर्दै आएका छन् ।

हरेक चाडपर्वमा बालबालिकालाई शिक्षकले गृहकार्य दिँदै आएका छन् ।  सिकाइ पाठ्यक्रम अनुसार हुनुपर्छ भनेर तर त्यो अभ्यास नेपालमा अहिलेसम्म हुन सकेको छैन । कोरो किताबी ज्ञानलाई प्रशय दिँदै विद्यालयले बालबालिकालाई गृहकार्यको ठेली बोकाउँदै आएका छन् ।

सिकाइ सुनाइ, बोलाइ, पढाइ र लेखाइबाट हुन्छ । विद्यालय शिक्षकको पहिलो प्राथमिकता हुनुपर्छ र छ पनि तर अहिले पनि सिकाइ पराम्परागत मान्यताबाट नै हुने गरेको छ भन्दा फरक नपर्ने विज्ञहरू बताउँछन् ।

चाडवाड मनाउनु, पारिवारिक भोटघाट गर्नु, एक ठाउँबाट अर्कोठाउँमा घुम्नु एक ठाउँको रहन सहन चाल चलनको बारेमा सिक्नु सिकाउनु र त्यसलाई बालबालिकाको भाषिक अभिव्यक्तिबाट प्रकटीकरण गर्न लगाउँदा प्राप्त ज्ञान जीवन्त हुने पद्योदय माध्यमिक विद्यालयका प्रधानाध्यापक नारायण प्रसाद गौतब बताउँछन् ।

अबको बहस गृहकार्य कि परियोजना कार्य भन्ने हुनुपर्छ

नारायणप्रसाद भट्टराई

प्रधानाध्यापक पद्योदय मावि

काठमाडौं

‘केही जानकारी पाएपछि व्यक्तिको व्यवहारमा आउने अपेक्षित परिवर्तन नै सिकाइ हो ।’ तसर्थ सिकारूले कण्ठ गरेका, घोकेका कुरालाई नै ज्ञान वा सिकाइ भन्न मिल्दैन । ती त ज्ञान निर्माणका आवश्यक तथ्य मात्र हुन् । ती तथ्यलाई सिकारूले पुर्नस्मरण गरेर विचारका रूपमा व्यक्त गरेपछि, व्यवहारमा लागू गरेपछि वा विश्लेषण गर्ने, ती तथ्यलाई संयोजन गरेर कुनै नयाँ कुरा विकास गर्न सक्षम भएपछि अथवा कुन ठीक र कुन बेठीक हो भन्ने कुरा छुट्टयाउन सक्षम भएपछि मात्र त्यसलाई ज्ञान वा शिक्षा पाएको भन्न सकिन्छ । बेन्जामिन एस ब्लुमको ट्याक्सोनमी अफ एजुकेसनल अब्जेक्टिभ्स मा दिइएका विभिन्न किसिमका सिकाइ र व्यवहारका क्रियापदहरूको उदाहरण अध्ययन गर्दा पनि यही कुरा पुष्टि हुन्छ ।

 सिकाइका विभिन्न रणनीति हुन्छन् र सिकारू आफैँले स्वाध्ययन गर्ने र सिक्ने, प्रतिस्पर्धाको वातावरण सिर्जना गरेर सिक्ने, समूह कार्यमा संलग्न रहने, अनुभव आदान प्रदान गर्ने र ठोस निष्कर्षमा पुगी सहयोगात्मक तथा सहकारी विधिबाट सिकाइ गर्ने हुनुपर्छ ।

हाम्रो पाठ्यक्रमले पनि सिकाइको दायरालाई फराकिलो बनाइदिएको छ । तर हामीकहाँ पुराना मान्यता छन् । ती मान्यताभन्दा बाहिर जाँदा अभिभावकले प्रश्न उठाउँछन् त्यसैले बिदाको समयमा बालबालिकाले नियमित पढाइ छुटाउने भएकाले उनीहरूलाई पुनः अभ्यास गराउन गृहकार्य दिइने चलन छ । त्यसैले हामी परियोजना कार्यलाई कम र गृहकार्यलाई अलि बढी प्राथमिकतामा राख्दै आएको छौं । सिकाइका विभिन्न चरणमा बालबालिकाले आफैं देखेर, भोगेर अभिव्यक्त गरेको ज्ञानले विद्यार्थीको बोध क्षमता अभिवृद्धिमा नयाँ आयाम सिर्जन गर्छ त्यसैले अब गृहकार्य भन्दा धर्म, परम्परा, संस्कार, संस्कृति, चाल चलन रहनसहनका विषयमा स्तर अनुसारका परियोजना कार्य गर्न दिँदा साना कक्षामा वाक्य संरचना, लेखाइ सिपको विकास हुन्छ भने ठुला कक्षाका बालबालिकामा अनुसन्धान गर्ने, खोज गर्ने बानीको विकास हुन्छ । यसरी प्राप्त गरेको ज्ञान जीवन्त हुन्छ । विद्यार्थीको बोध क्षमताको विकास हुन्छ । त्यसैले अब गृहकार्य भन्दा परियोजना कार्यमा जोड दिने समय आएको छ ।

गृहकार्य भन्दा परियोजना कार्य फलदायी

दीपेन्द्र बम

महाकाली मावि 

शिक्षक

शिक्षा दिनुको अर्थ बालबालिका लाइ किताबी किरो बनाउनु मात्र होइन,शिक्षा दिनुको वास्तविक अर्थ त बालबालिकाको चौतर्फी विकास गर्नु हो ्र अर्थात बालबालिकालार्इ व्यावहारिक रूपमा दैनिक जीवनमा सफल तुल्याउनु ,उसलाई जिवनपर्यंत काम लाग्ने सिप र कलामा दक्ष बनाउनु नै वास्तविक शिक्षा दिनु हो । विद्यालयमा हामी यिनै कुरामा विचार पुर्याएर बालबालिकालाई ज्ञान दिइरहेका हुन्छौ । विद्यालयमा सैद्धान्ति तथा व्यावहारिक रूपामा दिएको ज्ञानलार्इ अझ बढी दिगो रूपमा बालबालिकाको मस्तिस्कमा रहोस र बालबालिकामा थप दक्षता प्रदान गर्न सकियोस भनेर गृहकार्य दिने गरिन्छ । अर्थात विद्यालयमा दिइएको ज्ञानलार्इ व्यवहारिक जीवनमा प्रयोग गरी बालबालिकाको जीवन सफल र सार्थक बनाउन गृहकार्य दिने गरिन्छ । यसर्थ गृहकार्य दिँदा किताबमा मात्र आधारित नभएर बालबालिकाको परिवार, समुदाय, सामाजिक सांस्कृतिक परम्पराका विषयमा समुदायसंग सम्बन्धित परियोजना कार्य दिनु आजको बदलिदो समाज र स्वयं विद्यार्थीका लागि लाभप्रद हुन्छ ।

परियोजना नै गृहकार्यभन्दा उपयुक्त

लिलाधर ओझा

दुर्गामहालिङ्ग माध्यामिक विद्यालय चौका खप्पडछान्ना

बझाङ, शिक्षक

दसै विदामा विद्यार्थीलाई गृहकार्यको सट्टा धर्म, संस्कृतिसंग सम्बन्धित परियोजना नै गृहकार्यभन्दा उपयुक्त हुन्छ । परियोजना कार्य गर्दा विद्यार्थीले बोझका रुपमा लिँदैन । धर्म संस्कृतिलाई शिक्षा र सिकाइसंगै जोडेर लान गृहकार्यभन्दा परियोजना कार्य उपयुक्त हुन्छ ।

विद्यार्थीलाई बोझ नहुने गरी भाषिक सिप विकास गर्न निबन्ध, दैनिकी, धर्मसंकार, संस्कृति संग आवद्ध ठाउँका बारृमा वर्णन गर्न लयाउँदा शिक्षक विदार्थीमा आपसी सद्भाव बढ्छ । बालबालिकाहरू विद्यालय आउन नपाउँदा दुखी हुन्छन् । त्यसैले शिक्षक विद्यार्थीको सम्बन्ध स्थापित गर्ने सेतुका रुपमा परियोजना कार्य हुन सक्छ ।  संस्कृति, सामाजिक मूल्य मान्यता का बारेमा  वर्णन गर्न लगाउँदा बोध क्षमताको विकास हुन्छ । खोज गर्ने बानीको विकास हुन्छ । विद्यार्थीको सामाजिकीकरणमा उर्जाका रुपमा परियोजना कार्य स्थापित हुन जान्छ । हाम्रो लक्ष्य भनेको कोरा कितावी ज्ञान  प्रदान गर्ने मात्र होइन व्यक्तिको चौतफि विकास गर्नु हो । उसको बोध तथा अभिव्यक्ति क्षमता विकासका लागि गृहकार्यभन्दा परियोजना कार्य नै उत्तम हुन्छ ।

परिवारिक जमघट, समाजसँग एकाकार हुन, बालबालिकाको सामाजिकीकरणमा चाडपर्वले सहयोग गर्छ । संस्कृति र समाजलाई बुझ्ने अवसर प्रदान गर्छ ।

लामो बिदाका बेला अधिकांश विद्यालय दिएको गृहकार्य गर्दा गर्दै बालबालिकाले चाडपर्वले प्रदान गर्ने सामाजिक एवं व्यावहारिक ज्ञान, सिप आर्जननै नगरी बिदा सकिने मनोविद् विनोद पौडेल बताउँछन् ।

चाडपर्वबाट प्राप्त ज्ञानलाई संगठित गर्न गृहकार्य भन्दा परियोजना कार्य आवश्यकत भन्ने विषयमा बहस हुन जरुरी भएको विज्ञहरू बताउँछन् । चाडपर्वमा बालबालिकालाई उल्लासपूर्ण ढंगले मनाउन दिनुपर्छ । हाम्रो परम्परा अनुसरा आपसी तित्तता, कुण्ठा, द्वेषलाई मेट्छ र हार्दिकतापूर्वक बाँच्न प्रेरित गर्ने हुँदा यिनीहरूकै अनुभूतिको संगालो तयार गर्न लगाउर्नु पर्ने मनोविद्हरू बताउँछन् ।

चाडपर्वले बालबच्चालाई रचनात्मक बनाउन सहयोग गर्ने र सामाजिक जीवनमा घुलमिल हुन प्रेरित गर्ने शिक्षाविद् विद्यानाथ कोइराला बताउँछन्। विद्यार्थीको सिकाइ आनन्ददायी बनाउन सिर्जनशील क्रियाकलाप र सामाजिकीकरणका लागि प्रशस्त समय मिलोस् भन्ने लक्ष्यले विश्वका विकसित देशले गृहकार्य नै नदिने गरेको शिक्षाविद् कोइरालाको तर्क छ ।

गृहकार्यकै माध्यमबाट विद्यार्थी, शिक्षक र अभिभावकबीचमा समन्वयको वातावरण गर्ने खालको वातावरण तयार गर्नु पर्ने शिक्षाविद् कोइरालाले बताए ।

गृहकार्य बोझ नै हो

शैक्षिक गुणस्तर परीक्षण केन्द्र (इआरओ) ले सन २०१९ मा कक्षा १० को गणित, नेपाली, विज्ञान र अङ्ग्रेजी विषयमा गरेको परीक्षणमा गृहकार्य नगर्नेभन्दा गृहकार्य गर्ने विद्यार्थीको सिकाइ उपलब्धि राम्रो भएको प्रतिवेदन सार्वजनिक गरेको छ । एकातर्फ सरकारी प्रतिवेदनले नै गृहकार्य गर्ने विद्यार्थीको सिकाइ उपलब्धि राम्रो देखाएको छ भने अर्कोतर्फ विज्ञहरू गृहकार्य धेरै दिँदा बालबालिकामा फोबिया भई सिकाइप्रति नै नकारात्मक धाराणा उत्पन्न हुने धारणा राख्दै आएका छन् ।

तर, विद्यालय उमेर समूहका अधिकांश बालबालिका दसैंको बिदामा पनि तनाबमा देखिन्छन् । खाने खेल्ने र मनोरञ्जन गर्ने समयमा पनि उनीहरू गृहकार्यको बोझले गर्दा तनावमा देखिने गरेका हुन् । विद्यालय खुल्ने हरेक दिन साझबिहान किताब कपी फिजाएर बस्ने बालबालिकाहरू दसैं तथा अन्य लामो विदामा पनि किताबकापी फिँजाएरै बसेका देखिन्छन् । गृहकार्यको बोझले गर्दा उनीहरूले आप्mना अभिभावक तथा साथी संगतीसँग आप्mनो बालापन साट्ननै पाउँदैनन् ।

बालबालिकाको रुचि फरक फरक हुन्छ । कोही घुम्न रमाउँछन् । कोही लेख्न, गाउन, नाच्न, फोटो खिच्न रमाउछन् । लामो बिदाको समयमा पनि घुम्न नपाउँदा कतिपय बालबालिका आफूलार्ई दिक्क लाग्ने गरेको बताउँछन् ।

पाठ्यपुस्तक एवं गृहकार्यको भरिया बनाउनुभन्दा बालबालिकालाई सिर्जनशील बनाउनु सान्दर्भिक हुन्छ । पढाइ र सिकाइको सम्बन्ध बालकालिकाको मानसिक स्वास्थ्यसँग जोडिएको हुन्छ । यसमा असर परेमा बालबालिकाले आफ्नो क्षमता अनुरूप प्रगति गर्न सक्दैन । उसको शारीरिक स्वास्थ्यलाई समेत असर गर्छ । बलजफ्ती वा करकापमा पढेको कुरा बालबालिकाले बुझ्न सक्दैनन् ।

बढ्दो सहरीकरण र वैदेशिक रेमिट्यान्सका कारण बालबालिका गाउँबाट सहर बजार ल्याइएको छ । उनीहरू साघुरो घेराबाट आफ्नो जन्मथलो घुम्न पनि गृहकार्यको बोझले गर्दा जान नपाएको गुनासो गर्छन् । भोजपुर स्थायी घर भई हाल अरनिको माविमा भक्तपुरमा कक्षा १० मा अध्ययनरत छात्रा सोना न्यौपाने बताउँछिन् ।

आफ्नो तौलभन्दा झन्डै दोब्बर तौल बराबरको किताब र कापीको भारी बोकेर स्कुल जाने बालबालिका बिहान बेलुका शिक्षकले दिएको गृहकार्यका कारण बालबालिका आमाबुबाबाट टाढिँदै गए भन्ने गुनासो सुन्ने गरिन्छ ।

उनीहरूले आफ्ना  सुखदुःख अभिभावकसँग साट्न पाएनन्, फलस्वरूप परिवार तथा सांस्कृतिक परम्पराबाट उनीहरू टाढिँदै गए भन्ने धारणा संस्कृति विदेले राख्दै आएका छन् ।

गृहकार्य बढी हुँदाको असर

अत्याधिक गृहकार्यले गर्दा साना केटाकेटीको मानसिक स्वास्थ्यमा समेत असर पर्ने गरेको छ । उनीहरू एकांगी हुने, सानासाना कुरामा रिसाउने, बुबाआमालाई माया नगर्ने हुनुका साथै कतिपय अवस्थामा उनीहरूको बौद्धिक विकासमा समेत असर पर्ने गरेको छ ।

अत्याधिक होमबर्कका कारण घर तथा कोठमा सीमित भएका कतिपय बालबालिका डिप्रेशनको समेत शिकार हुने गरेको बालमनोविद्हरू बताउँछन् । ‘अभिभावकले आआ्m्ना छोराछोरीलाई होमबर्क गर्दै छ भनेर स्वतन्त्र छाडिदिँदा दिनप्रतिदिन बालबालिका कुलतमा फस्दैछन् ।’ मनोविद् डा. शुशील कडेल भन्छन्,‘ अधिकांश सरकारी कर्मचारीका छोराछोरी डिप्रेशनमा पर्ने गरेका छन् ।’ उनका अनुसार यी बालबालिकालाई अभिभावकले समय नदिँदा उनीहरू स्क्रिनको शिकार हुने र बिस्तारै बिस्तारै डिप्रेशनको शिकार हुने गरेका छन् ।

एकाध विद्यालयबाहेक अधिकांश विद्यालयले गृहकार्य दिएर एकपटक चेक समेत गर्दैनन् । यसका लागि कुनै विद्यालयले निश्चित कार्यतालिका तथा मापदण्ड समेत बनाएको पाइँदैन । ‘

गृहकार्यको चटारो अभिभावकलाई पनि

गृहकार्यको चटारो बालबालिकालाई मात्र होइन अभिभावकलाई पनि पर्ने गरेको छ । समयमा नै गृहकार्य गर्न नसके छोराछोरी विद्यालय जान नमान्ने हुँदा यसको चटारो बुबालाई भन्दा आमालाई बढी पर्ने गरेको छ ।

घरमा गृहकार्य गर्न सिकाउने अभिभावक भए त समस्या भएन निराक्षर र श्रमिक परिवारका लागि अझ बढी चुनौति देखिएको पन्चकन्या आधारभूत विद्यालय बालुवाटारका प्रधानाध्यापक बबिता रञ्जित बताउँछिन् । ‘बालबालिकालाई सही तरिकाले सिकायो भने विद्यँलयमा पढाइ हुने समयनै काफी छ ।’ उनले भनिन्,‘लामो समयको बिदामा पाठ्यपुस्तक घोकाउनुभन्दा रचनात्मक कार्य गर्न लगाउँदा उनीहरूको प्रतिभा प्रस्फुटन हुन गई सही शिक्षा पाउँछन् ।’ उनका अनुसार गृहकार्यकै कारण कक्षामा लज्जित हुनु भन्दा बालबालिका विद्यालय नै आउँदैनन् जसले गर्दा कक्षा छाड्नेको दर बढिरकेको छ ।

गृहकार्य नगरेर कक्षामा साथी भाइ तथा शिक्षकका अगाडि लज्जित हुने विद्यार्थीलाई खेल्न मन नलाग्ने, खान मन नलाग्ने, कसैसँग बोल्नै मन नलाग्ने, सामाजजिकीकरणका कुनै कार्यमा सहभागी हुन नसक्ने डा. कडेल बताउँछन् । कडेलका अनुसार बढी गृहकार्य दिने गरेमा बालबालिका काममा हेलचेक्र्याइँ गर्ने, कक्षामा ध्यान नदिने, कक्षाकार्य मन लगाएर नगर्ने नराम्रा अक्षर लेख्ने, विद्यालय, शिक्षक तथा पढाइलाई घृणा गर्ने, क्रमशः स्तर घट्दै जाने जस्ता सामान्य असर देखिने गरेका छन् । विस्तार यी असरले ठुलो रुपलिई विद्यार्थीको स्मरणशक्ति तथा एकाग्रतामा ह्रास आउने गरेको छ । बालबालिका सधै कक्षामा उदासीन देखिने, एकोहोरिनु, टोलाउनु वा कक्षाक्रियाकलापमा निष्क्रिय हुन्छन् । ‘कक्षामा हुने गरेको जान्ने नजान्ने तथा गृहकार्य गर्ने नगर्नेलाई शिक्षकले गर्ने व्यवहार सहन नसकेर आत्महत्या समेत गर्ने गरेका छन्’ डा. कडेलले सुझाए ।

अधिकांश विद्यालय तथा शिक्षकले अनावश्यक ढंगले गृहकार्यको भार विद्यार्थीलाई थोपरेर सफल भएको महसुस गरिरहेका छन् । बिहानदेखि रातीअबेरसम्म गृहकार्य, कक्षाकार्य ट्युसन, कोचिङ कक्षा आदि कारणले बालबालिकाको सुन्दर बालापान खोसिइरहेको छ । बालबालिकाले के सोच्छन, के चाहन्छन् भन्ने बुझ्ने चेष्टा न त आजसम्म अभिभावकले गरेका छन् न त शिक्षकले नै । अगाडि बुक फिजाएर बसेको छोराछोरी देख्दा अभिभावक मक्ख पर्छन् । राम्रो ग्रेडिङ ल्याउने होडमा उनीहरूलाई यन्त्रवत मानबका रूपमा कार्य गराइरहेका छन् । राम्रो प्राप्ताङकको आशामा साना नानीबाबुहरूलाई किशोर तथा युवालाई जस्तै व्यवहारको अपेक्षा गरेर शिक्षक र अभिभावक दुवैले थाहै नपाई बालबालिकालाई मनोरोगी बन्न बाध्य बनाइरहेका छन् ।

तहगत उद्देश्यबिना नै गृहकार्य दिँदा विद्यार्थीमा मनोवैज्ञानिक समस्या देखिएको छ ।’ शिक्षाविद् कोइरालाले भने, ‘यसरी अनावश्यक गृहकार्यको बोझ बोकाउनुभन्दा दसैंतिहार तथा अन्य लामो समयको बिदामा विद्यार्थीको रूची, स्तर तथा विषय वस्तुसँग मेल खाने परियोजना कार्य गर्न दिनु सान्दर्भिक हुन्छ ।’

A Levels MA
Thuprai - Books and E-books