After SEE Portal

७७ जिल्लाका युवाहरु सम्मेलित राष्ट्रिय युवा सम्मेलन २०२० हुने

Bridge Course

नेपाल युवा परिषदले राष्ट्रिय युवा सम्मेलनको आयोजना गर्ने भएको छ । अन्र्तराष्ट्रिय युवा दिवसको अवसरमा राष्ट्रिय युवा सम्मेलन २०२० आयोजना गर्न लागेको हो ।७७ वटै जिल्लाबाट लैगिंक  समानताका  आधारमा १ युवा र १ युवतीहरुलाई  सम्मेलनमा  सहभागी गराउने भएको छ । सम्मेलनमा  निर्वाचनमा युवाको भूमिका, शुसासन, जलवायू परिवर्तन, लैगिकं समानता, युवा नेतृत्व, कृषिमा युवा उद्यमशीलता, दिगो विकास लक्ष्य र दिगो पर्यटन, नेपाल भ्रमण बर्ष २०२० लाई मुख्य बिषय बनाई  सम्मेलन आयोजना गर्न लागेको हो र यस सम्मेलन राजधानीमा आगामी अगष्ट ९देखि  १२,  सम्म (श्रावण २५, देखि २८)  सम्म  सञ्चालन गरिने भएको छ  ।

४ दिनसम्म चल्ने सो सम्मेलनमा २२० जना युवा सो युवतीको सहभागिता रहने छ । जसमा १५४ जना ७७ जिल्लाका प्रतिनिधि हुनेछन् भने अन्य ६६ जनामा भिन्न  समुदायका युवाहरुको प्रतिनिधित्व गराइने भएको छ । विगतका बर्षहरुमा झैँ यस बर्ष पनि १८ देखि ३० बर्ष उमेर समूहका  अध्ययन गरिरहेका, व्यवसाय संचालक  तथा सामाजिक रुपमा क्रियासील युवाहरुले मात्र  सम्मेलन सहभागी हुन पाउनेछन् ।

प्रत्येक प्रदेशका सहभागीहरुले सम्मेलनमा सहभागी हुन आउनु भन्दा अगाडी पत्रकार सम्मेलन गरी प्रेस विज्ञप्ति मुख्यमन्त्रीलाई बुझाउनुपर्नेछ साथै सम्मेलनमा सहभागी भई गए पश्चात् पनि सम्मेल नको घोषणापत्र र प्रेस विज्ञप्ती प्रदेशका मुख्यमन्त्री, सामाजिक विकास मन्त्री, उद्योग, वन, पर्यटन तथा वातावरण मन्त्री, प्रदेश योजना आयोग र स्थानीय निकायहरुलाई बुझाउनु पर्ने नियम बनाइएको छ । उक्त घोषणापत्र नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालय, संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्रालय, वन तथा वातावरण मन्त्रालय, राष्ट्रिय योजना आयोग लगायतका सरोकारवाला बुझाउनु पर्ने नियम बनाइएको छ । 

सम्मेलनमा स्टल

यसपटकको सम्मेलनमा प्रत्येक प्रदेशलाई १-१ स्टल दिइने भएको छ ।  सहभागीहरुले आफ्नो प्रदेशको कला संस्कृति, पर्यटनलाई प्रवद्र्धन गर्ने विभिन्न सामग्री सहभागीहरुले विभिन्न प्रदर्शनीमा  राख्न  पाउने आयोजकले जानकरी दियो ।  स्टल ४ दिनसम्म नै कार्यक्रम स्थलमा राखिनेछ । 

सम्मेलनमा युवा सांस्कृतिक साँझको आयोजना पनि भएको छ । सहभागीहरुले अनिवार्य रुपमा आफ्नो जातीय पोसाकमा सहभागिता जनाउनु पर्नेछ । प्रत्येक प्रदेशले बनाएको विभिन्न कार्ययोजना मध्ये एक उत्कृष्ट कार्ययोजनालाई सिडमनी प्रदान गरिनेछ । 

सन् २०१८ मा सम्पन्न भएको “राष्ट्रिय युवा सम्मेलन २०१८” मा हरेक प्रदेशबाट प्रस्तुत गरेको योजनाहरुबाट १-१ ओटा योजनालाई कोकाकोला नेपालसँगको आर्थिक सहकार्यमा रु. ७५ हजार प्रदान गरिएको थियो । २०१९ मा विश्व पर्यटन दिवसको अवसरमा नेपाल भ्रमण बर्ष २०२० लाई स्वागत एवं सफल पार्नका लागि नेपाल सरकार वन तथा वातावरण मन्त्रालयः वातावरण विभागको सहकार्य, नविल बैकंको मुख्य प्रायोजन र कोकाकोला नेपालको विशेष सहयोगमा ७७ वटा जिल्लाका ७७ वटा साँस्कृतिक सम्पदाका स्थलहरुमा ६ हजार ७४२ जना युवाहरुको प्रत्यक्ष सहभागितामा ३८१ वटा अन्य संघसंस्थाका सहकार्यमा एकै पटक राष्ट्रियस्तरको बृहत सरसफाई कार्यक्रम २०७६ सञ्चालन गरेको थियो ।

A Levels MA
Thuprai - Books and E-books