After SEE Portal

करिब ७४ करोड रुपियाँमा जमलमा राष्ट्रिय पुस्तकालय निर्माण हुने

Bridge Course

२०७२ सालमा भूकम्पले तहसनहस बनाएको नेपाल राष्ट्रिय पुस्तकालय  र्‍याकदेखि बोरा, हरिहर भवनदेखि सानोगौचरण हुँदै सानोठिमी स्थित शिक्षा तथा मानव स्रोत विकास केन्द्र परिसरमा अस्थायी रुपमा सञ्चालन हुँदै आएको पुस्तकालय भवन अन्ततः जमलमा बन्ने भएको छ ।

लामो विवादपछि जमलमै ७४ करोड रुपियाँको अनुमानित लागतमा आधुनिक, सुविधा सम्पन्न साततले भवन बन्ने भएको हो ।

सरकारले पुस्तकालय भवन निर्माणका लागि सार्वजनिक रुपमा टेन्डर आव्हान गरिसकेको छ। मन्त्रिपरिषद्ले जमलको जनप्रशासन कलेज भएको ठाउँमा नै पुस्तकालय बनाउने निर्णय गरी पुस्तकालयको नाममा जग्गा पास गरेपछि भवन बनाउन पुस्तकालयलाई बाटो खुलेको पुस्तकालयका प्रमुख प्रमुख दशरथ मिश्रले बताए । ‘साततले अत्याधुनिक नेपाल राष्ट्रिय पुस्तकालयका लगि सरकारले नक्सा तयार पारी महानगरपालिकामा पास गराउन प्रक्रिया अघि बढाएको छ,’  प्रमुख  मिश्रले भने, ‘दुई वर्षभित्र सात तले पुस्तकालय भवन तयार गर्ने सरकारी नीति तथा कार्यक्रम छ, अब बन्ने पुस्तकालय आइटी फ्रेन्डली बन्छ ।’

जमलमा रहेको त्रिभुवन विश्वविद्यालयको जग्गा राष्ट्रिय पुस्तकालयलाई हस्तानान्तरण गरेसँगै विवाद सुरु भएको थियो। त्रिविले आफ्नो जग्गामा व्यापारिक योजनासहितको सपिङ कम्प्लेक्स बनाउने तयारी गरेको थियो भने अर्को तर्फ पुनर्निर्माण प्राधिकरणले रानीपोखरी विस्तार गर्न त्रिचन्द्र कलेज र पुस्तकालय दुवै जमलमै सार्ने निर्णय गरेको थियो।

तत्कालीन मन्त्रिपरिषद्बाट २०७५असोज २८ गते काठमाडौंको जमलस्थित कित्ता नं. १२७० को ७ रोपनी १५ आना जग्गामा राष्ट्रिय पुस्तकालयको लागि एक अत्याधुनिक भवन निर्माण गर्ने निर्णय गरेको थियो । सोही निर्णयअनुसार ड्रइङ–डिजाइन तथा नक्सा पास लगायतका काम सम्पन्न भएर निर्माण हुन सकेको थिएन । उक्त कार्यका लागि सरकारले रु.१ करोड ७ लाख खर्च गरिसकेको महालेखा परीक्षकको ५८ औं वार्षिक प्रतिवेदनमा उल्लेख गरिएको छ ।

२०१३ सालमा ढोकाटोलकामाइला गुरु हेमराज पाण्डेले आफ्नो घरमै खोलेको पुस्तकालय सरकारले २०१७ सालमा खरिद गरी हरिहर भवनमा सारेर सञ्चालनमा ल्याएको हो । तत्कालीन समयमा कुल संग्रह ३४ हजार २९२ पुस्तक र पत्रिका राखिएका थिए । भूकम्पछि पुस्तकालयमा रहेका अभिलेख तथा पुस्तकहरु बोरामा कोचेर राखिएको थियो। कतिपय पुस्तक च्यातिएका पनि छन् । अहिले भक्तपुरमा अस्थायी कार्यालय सञ्चालनमा आए पछि सबै पुस्त्क बोरामा राखिएको छ ।

A Levels MA