After SEE Portal

राष्ट्रिय निबन्ध लेखन प्रतियोगिता-२०७६ सम्पन्न

Bridge Course

काठमाडौं मोडेल सेकेण्डरी स्कुल, बालकुमारी ललितपुरको आयोजनामा राष्ट्रिय निबन्ध लेखन प्रतियोगिता २०७६ सम्पन्न भएको छ ।

विद्यालयतहका कक्षा ८, ९ र १० का विद्यार्थीलाई लक्षित गरी आयोजना गरिएको उक्त कार्यक्रममा काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका ३० वटा विद्यालयका ८५ जना विद्यार्थीक्ल प्रतियोगितामा सहभागी भएका थिए ।

उक्त प्रतियोगितामा पाठशाला नेपाल फाउण्डेशनकी नस्वा जोशी प्रथम भएकी छन् । उनले रु २०,००० नगद सहित प्रमाणपत्र प्राप्त गरेकी हुन् । सिद्धार्थ वनस्थली स्कुलका स्पन्दन बोहोरा द्वतीय हुन सफल भए । उनले रु १२,००० नगद सहित प्रमाणपत्र प्राप्त गरे । यसै गरी ज्ञाननिकेतन स्कुलकी करिश्मा थापाले तृतीय स्थान प्राप्त गर्दै रु. ८,००० नगद र प्रमाणपत्र प्राप्त गरिन् । सान्त्वना स्थान प्राप्त गर्नेमा केएमसी स्कुलकी ईराशु कार्की, बि.डी एस. स्कुलकी एइभा आचार्य, अवयर्नेश इन्टरनेशनल एकेडेमीकी भावना अर्याल, ब्लु बर्ड सेकेण्डरी स्कुलका फिरोज आफ्रिन र काठमाडौं जेभिएर स्कुलका स्वच्छन्द अधिकारी रहेका छन् ।

यस्ता बौद्धिक कार्यक्रमले विद्यार्थीका आन्तरिक प्रतिभा प्रष्फुटित गर्न मद्दत पुग्दछ भन्दै विद्यार्थीले समयको महत्त्वलाई बुझेर कार्यसम्पादन गर्न सके कहिल्यै असफल हुनु नपर्ने कुरा कार्यक्रमका प्रमुख अतिथि प्याब्सन केन्द्रीय समितिका सहअध्यक्ष डिके ढुङ्गानाले बताउनु भयो । कार्यक्रममा सहभागी प्रतियोगी तथा अतिथिलाई केएमसी नेटवर्कका निर्देशक किशोर गौतमले स्वागत मन्तव्य व्यक्त गर्नु भएको थियो । निबन्ध लेखनपूर्व त्रिभुवन विश्वविद्यालयका प्राध्यापक डा. रमेश भट्टराईले निबन्ध लेखनका बारे अभिमुखीकरण गर्नु भएको थियो । लेखिएका निबन्धलाई प्रा.डा. अम्बरराज जोशी र प्रा.डा. रमेश भट्टराईको नेतृत्वमा रहेको १५ सदस्यीय निर्णायक मण्डलले मूल्याकन गरेको थियो । निबन्ध लेखनमा सहभागी विद्यार्थीलाई उत्प्रेरक व्यक्तित्व डा. ताराजीले मोटिभेशन स्पिच दिनु भएको थियो।

सुखी नेपाली : समृद्ध नेपाल, सामाजिक सञ्जालका र यसको प्रभाव, नेपाल भ्रमण वर्ष २०२० र राष्ट्रप्रति मेरो कर्तव्य शीर्षकमध्ये गोलाप्रथाद्वारा छानिएको शीर्षकमा प्रतियोगीहरुले निबन्ध लेखेका थिए । विद्यालयका प्राचार्य सुरेन्द्र सुवेदीको अध्यक्षतामा सञ्चालित कार्यक्रम प्रकाश तिवारीले सञ्चालन गर्नु भएको थियो।

A Levels MA