After SEE Portal

म्याङलुङ क्याम्पसको क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी

Bridge Course

म्याङलुङ क्याम्पसको क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी गरिएको छ । क्याम्पसमा कार्यरत प्राध्यापक र कर्मचारीको तलब वृद्धिका लागि पटक पटक माग गरेपनि बेवास्ता गरेको भन्दै क्याम्पस प्रमुख ददीराम न्यौपानेलाई कार्यकक्षमै राखेर तालाबन्दी गरिएको हो ।

तलब न्यून भएको भन्दै सेवा सुविधा वृद्धिका लागि क्याम्पस सञ्चालन समिति तथा क्याम्पस प्रमुखसँग पटक पटक माग गरेपनि सुनुवाइ नभएकाले आन्दोलन गर्नुपरेको आन्दोलन संयोजन समितिका सदस्य प्रकाश ढुङ्गानाले बताउनुभयो । आन्दोलनकारीले दुई घण्टापछि क्याम्पस प्रमुख न्यौपानेलाई बाहिर निस्कन दिएका थिए । 

अनिश्चितकालका लागि तालाबन्द गरिएको ढुङ्गानाले बताउनुभयो । विसं २०३६ मा स्थापना भएको उक्त क्याम्पसमा प्राध्यापक र कर्मचारी गरी २२ जना कार्यरत छन् । करीब तीन हजार विद्यार्थी अध्यययरत् सो क्याम्पसमा शिक्षा, मानविकी र व्यवस्थापन सङ्कायमा पठनपाठन हँुदै आएको छ ।

A Levels MA
Thuprai - Books and E-books