A Levels MA

विभिन्न पदमा खुला गरेको विज्ञानपनको दरखास्त दिने म्याद थप गर्र्यो मध्यपश्चिमाञ्चल विश्वविद्यालयले

मध्यपश्चिमाञ्चल विश्वविद्यालय रजिष्ट्रारको कार्यालयले प्राध्यापक, सह प्राध्यापक तथा उपप्राध्यापक लगायतका पदमा दरखास्त दिने म्याद थप गरेको छ ।

विश्वविद्यालयले गत जेठ ३ गते १० दिने म्याद राखी दरखास्त आह्वान गरेको म्याद हिजो सकिएको र आगामी १९ गतेसम्म म्याद थप गरेको हो ।

कोभिड१९ को कारण विश्वव्यापी रुपमा पारेको असरलाई मध्यनजर गर्दै बढी भन्दा बढी इनोभेटिभ ब्रेनहरुलाई आवेदन भर्ने अवसर प्रदान गर्नका लागि एक हप्ताको समयावधि थप गरिएको विश्वविद्यालयले प्रकाशित गरेको सूचनामा उल्लेख गरिएको छ ।

विश्वविद्यालयले गत जेठ६ गते रजिष्ट्रारको कार्यालय बाट प्रकाशित विभिन्न शैक्षिक तथा प्रशासनिक पदका लागि आव्हान गरेको दरखास्त मितिको समयावधि पनि थप गरेको छ ।

उक्त सूचनामा उल्लेखित समयावधि भित्र कोभिड–१९ का कारण देशभर बन्दाबन्दी तथा निषेधाज्ञा जारी भई सम्पूर्ण बैंक तथा वित्तीय संस्थाहरु बन्द रहेका कारण दक्ष जनशक्ति समेत उक्त अवसर बाट बन्चित हुन सक्ने अवस्था सिर्जना भएकाले बढीभन्दा बढी दक्ष जनशक्ति छनोट गर्ने उद्देश्यले १० दिन म्याद थप गरेको छ ।

उक्त पदको दरखास्त दिने समयावधि जेठ १५ गते सकिँदै छ । सो अवधिमा अपेक्षाकृत जनशक्ति छनोटमा असर पर्ने भन्दै आगामी २५ गते सम्मका लागि दरखास्त दिने समयावधि थप गरिएको विश्वविद्यालयका रजिष्ट्रार प्राडा नारायण प्रसाद पौडेलले जानकारी दिए ।

Thuprai - Books and E-books