After SEE Portal

मध्यपश्चिम विश्वविद्यालयको परीक्षा दोस्रो पटक स्थगित

Bridge Course

मध्यपश्चिम विश्वविद्यालयले पुनः एक् हप्ताका लागि पूर्व निर्धारित परीक्षा कार्यक्रम स्थगित गरेको छ । विश्वविद्यालयका परीक्षा व्यवस्थापन कार्यलयले आज एक सूचना जारी गरी परीक्षा स्थगित गरेको हो ।

विभिन्न विद्यार्थी संघ संगठनहरु र मध्यपश्चिम विश्वविद्यालय उच्च स्तरिय समस्या समाधान समिति विच विगत केही दिन देखि विद्यार्थीहरुका मागहरु प्रति आवश्यक वार्ता तथा छलफल निरन्तर भइरहे पनि समस्या समाधान नधएको हुनाले पुनः परीक्षा स्थगित गरेको जनाएको छ ।

यस अघि परीक्षा व्यवस्थापन कार्यालयद्वारा मितिगत ११ गते एक सूचना प्रकाशित गरी पहिलो पटक एक हप्ताका लागि पूर्व निर्धारित परीक्षा कार्यक्रम स्थगित गरेको थियो । परीक्षा निर्धारित समयमै सम्पन्न गर्न तत्पर रहदा रहदै पनि असमान्य परिस्थितिका कारण पूर्व निर्धारित परीक्षाका कार्यक्रमहरु पूनः अर्को एक हप्ताका लागि स्थगन गरिएको आज प्रकाशित सूचनामा उल्लेख गरिएको छ ।

केन्द्रीय क्याम्पसमा विद्यार्थी सङ्गठनले १८ बुँदे माग राख्दै तालाबन्दी गरेका छन् । अनलाइन माध्यमबाट पढाइ भएपछि परीक्षा पनि अनलाइन माध्यमबाटै लिनुपर्ने विद्यार्थीको मुख्य माग छ । विश्वविद्यालयले भौतिक उपस्थितिमा परीक्षा लिने तयारी गरेपछि विद्यार्थीले असहमति जनाएका हुन् । विश्वविद्यालय प्रशासन आफ्ना मागप्रति गम्भीर नभएको भन्दै आन्दोलनरत विद्यार्थीले उपकुलपति प्रा डा नन्दबहादुर सिंह निवास र परीक्षा व्यवस्थापन कार्यालय तोडफोड गरेका थिए ।

त्यस्तै, प्राध्यापकहरूले इञ्जिनीयरिङ क्याम्पस र एल स्कूलका उपप्राध्यापक बर्खास्त ऐन–नियम विपरीत भएको भन्दै उक्त निर्णय सच्याउनुपर्नेलगायत माग राखेका छन् । विश्वविद्यालयले परीक्षा समयअगावै विद्यार्थीलाई प्रश्नपत्र सार्वजनिक गरेको अभियोगमा कानून सङ्कायका उपप्राध्यापक सुजन पन्त र आफूखुशी नम्बर दिएको भन्दै इञ्जिनीयरिङ सङ्कायका उपप्राध्यापक विश्वनाथ यादवलाई बर्खास्त गरेको थियो ।

A Levels MA
Thuprai - Books and E-books