After SEE Portal

अधिकांश शैक्षिक संस्थाले हप्ताको दुई दिन विदा दिएनन्

Bridge Course

सरकारले हप्ताको दुई दिन सार्वजनिक विदा दिन थालको आज दोस्रो हप्ता हो । आज अधिकांश निजी विद्यालयले आफ्नो पठनपाठन नियमित रुपमा सञ्चालन गरेका छन् ।

सरकारको दुई दिन विदा दिने निर्णयले शैक्षिक क्षेत्रमा क्षति पुर्याउने भन्दै विभिन्न स्थानीय तहले तत्काललाई पूर्ववत अवस्थामा विद्यालय सञ्चालन गर्न निर्देशन दिन थालेका छन् ।

परीक्षणका लागि भन्दै जेठ १ गतेदेखि दुई दिन शिक्षण संस्था बन्द गर्न गृह मन्त्रालयले सूचना जारी गरेपनि राष्ट्रिय निजी तथा आवसीय विद्यालय एसोसिएसन नेपाल (राष्ट्रिय प्याब्सन), भक्तपुर नगरपालिका, बूढानीलकण्ठ नगरपालिका, वीरेन्द्रनगर नगरपालिका, जिरी नगरपालिका, हिलिहाङ गाउँपालिका, गोदावारी नगरपालिका कैलालीले शैक्षिक क्षति हुने भन्दै संघीय सरकारको यो निर्णय कार्यान्वयन नगर्न आआफ्नो पालिकाभित्रका विद्यालयलाई निर्देशन दिएका छन् ।

त्यसैगरी त्रिभुवन विश्वविद्यालय,नेपाल खुला वश्वविद्यालय, सुदूर पश्चिम , काठमाडौं विश्वविदालय,  पोखरा, पूर्वाञ्चल, कृषि तथा बन विज्ञान लगायत सबै विश्वविद्यालयले  हप्तामा एक दिन मात्र सार्वजनिक विदा दिने निर्णय गरेका छन् ।

त्रिविले शैक्षिक क्षति कम गर्न नसकिने, वार्षिक क्यालेण्डर प्रभावित हुने भन्दै सार्वजनिक सूचना जारी गरेर नै हप्तामा  एक दिन मात्र विदा दिने निर्णय गरेको छ ।

त्यसैगरी सुदुरपश्चिम विश्वविद्यालयले  जेठ ४ गते सूचना जारी गदै अहिलेलाई हप्तामा  एक दिन मात्र विदा दिने निर्णय गरेको हो ।

त्यसैगरी काठमाडौं विश्वले पनि दुई दिन विदा नदिने निर्णय गरेको जानकारी दिएको छ । विश्वविदालयहरूले दुई दिनको साप्ताहिक विदा दिँदा पूर्वानिर्धारित शैक्षिक क्यालेण्डर प्रभवित हुने, शैक्षिक क्षति हुने कारण देखाउँदै एक दिन मात्र विदा दिने निर्णय गरेका हुन् ।

विश्वविद्यालयका पदाधिकारीहरूले विश्वविद्यालयका  कुलपति तथा सहकुलपतिलाई भेटरे नै शैक्षिक क्षेत्रमा दुई दिन विदाले ठुलो क्षति गर्ने हुँदा कार्यान्वयन हुन नहुने जानकारी गराइसकेका छन् । विश्वविद्यालयले आन्तरिक छलफलपछि सरकारको यो निर्णय कार्यान्वयन गर्न नसकिने र्णिय गरेको जनाएका छन् ।

A Levels MA
Thuprai - Books and E-books