वैशाखमा मात्र चार हजारभन्दा बढी बालबालिका संक्रमित

नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणको दोस्रो लहरको उच्च जोखिममा बालबालिका परेका छन् । वैशाख महिनामा मात्र ४ हजार ६९ जना बालबालिका संक्रमित भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकमा उल्लेख गरिएको छ । मन्त्रालयको तथ्यांक अनुसार वैशाख १ देखि १७ गतेसम्म २० वर्ष मुनिका ४०६९ जना बालबालिका संक्रमित भएका छन् ।

मन्त्रालयको तथ्यांक अनुसार नौ वर्षसम्मका ९२५ जना र १० देखि १९ वर्षसम्मका ३ हजार १४४ जना छन् । प्रतिशतका हिसाबले हेर्दा कुल संक्रमित मध्ये २.१२ र ७.१९ प्रतिशत हो भने समग्रमा ९.३१ प्रतिशत बालबालिका संक्रमित भएको पुष्टि भएको छ ।

मन्त्रालयको तथ्यांक अनुसार वैशाख १७ गते सम्म प्रति चार जनाको परीक्षण गर्दा हरेक औसतमा एकमा कोरोना संक्रमण देखिएको छ । यो महिनामा हिजोसम्म जम्मा १ लाख ६४ हजार ८१२ नमुना परीक्षण गरिसकिएको छ । ती मध्ये ४३ हजार ७०४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यसमध्य हिजो १५ हजार ९१६ नमुना परीक्षण गर्दा ५ हजार ७२७ जनामा संक्रमण पुष्टि भएको छ ।

हिजो मात्र २० वर्ष मुनिका ५०६ जना बालबालिका संक्रमित भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहायक सूचना अधिकारी गणेश श्रीवास्तवले जानकारी दिए । संक्रमित बालबालिका मध्ये ९ वर्षसम्मका १३९ जना र १० देखि १९ वर्षसम्मका ३६७ जना छन् । हिजोको तथ्यांकलाई मात्र आधार मानेर हेर्दा ९ वर्ष सम्मका २.४३ र १० देखि १९ वर्ष सम्मका ६.४१ प्रतिशत बालबालिका संक्रमित भएका छन् । कुल संक्रमित मध्ये हिजो ८.८४ प्रतिशत बालबालिकामा कोरोना संक्रमण देखिएको छ ।

वयस्क व्यक्तिको तुलनामा बालबालिकाको परीक्षण कम भएका कारण अहिलेको तथ्यांक अन्य उमेर समूह भन्दा कम देखिए पनि यथार्थमा बढी हुन सक्ने विज्ञको धारणा छ ।  बालबालिकालाई अभिभावकले आवश्यक हेरचाह नगरी बाहिर खेल्न जान दिने हुँदा संक्रमण बढेको बालरोग विशेषज्ञ डा. कृष्ण पौडेल बताउँछन् ।

संक्रमणको उच्च जोखिम बालबालिकामा परेको हुँदा यो आपतकालीन अवस्थामा अभिभावकले आफ्ना छोराछोरीलाई व्यस्त राख्ने विशेष हेरचाह गर्नुपर्ने शिक्षाविद्हरुले सुझाए । वयस्क व्यक्तिको तुलनामा बालबालिकाको परीक्षण कम भएका कारण अहिलेको तथ्यांक अन्य उमेर समूह भन्दा कम देखिए पनि यथार्थमा बढी हुन सक्ने विज्ञको धारणा छ ।

बालबालिकालाई अभिभावकले आवश्यक हेरचाह नगरी बाहिर खेल्न जान दिने हुँदा संक्रमण बढेको बालरोग विशेषज्ञ डा. कृष्ण पौडेल बताउँछन् । संक्रमणको उच्च जोखिम बालबालिकामा परेको हुँदा यो आपतकालीन अवस्थामा अभिभावकले आफ्ना छोराछोरीलाई व्यस्त राख्ने विशेष हेरचाह गर्नुपर्ने शिक्षाविद्हरले सुझाए ।

Thuprai - Books and E-books