CMAT

काठमाडौं मोडल कलेज केएमसीले एमआईटी सञ्चालन

Bachelors Portal

काठमाडौं मोडल कलेज केएमसीले मोडेल इन्स्टिच्युट अफ टेक्नोलोजी (एमआईटी) बागबजारमा इन्टरनेसनल अमेरिकन युनिभर्सिटी (आइएयु) का कामर्यक्रम सञ्चालनमा ल्याएको छ ।

आइएयुबाट सम्बन्धन प्राप्त स्नातक तहमा बीबीए, बीआईटी र स्नाकोत्तर तहमा एमबीएका कार्यक्रम सञ्चालन गर्ने औपचारिक घोषणा गरेको छ।

औपचारिक कार्यक्रमका विच अमेरिकाका लागि नेपाली पूर्व राजदुत डा। अर्जुन कार्की र सो संस्थाका अध्यक्ष सुरेन्द्र सुवेदीले संयुक्त रुपमा एमआईटीको उद्घाटन गरेका हुन् ।

उद्घाटन कार्यक्रममा अध्यक्ष सुवेदीले युवा जनशक्तिलाई नेपालमै विश्वस्तरको शिक्षा प्रदान गरी स्वेदशमा अवसर प्रशस्त गर्न सकिने विचार व्यक्त गरेका थिए । ‘गुणस्तरीय शिक्षा तत्काललाई केहि महँगो हुने भएपनि दीर्घकालमा फलदायी हुने तर गुणस्तरहीन शिक्षा सस्तो देखिएपनि कालान्तरमा महँगो हुन्छ ।!

 यसका लागि नेपाल सरकार, शिक्षाविद्ध, बुद्धिजीवि, उद्योगपति, व्यापारी तथा सवै व्यावसायीहरुबाट एमआईटीलाई साथ र सहयोग हुने विश्वास व्यक्त गरेका थिए ।

कार्यक्रममा मध्य पश्चिम विश्वविद्यालयका पूर्व भाइस चान्सलर प्राडा उपेन्द्रकुमार कोइरालाले “उच्च शिक्षाको आवश्यकता, समस्या तथा समाधान” विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए । ‘शिक्षा क्षेत्रमा लागेमा नेपालमा सम्भावना नै सम्भावना भएको र नेपालको शिक्षित युवा जनशक्तिलाई विदेशिनबाट रोक्ने, शैक्षिक गुणस्तर विश्वप्रतिस्पर्धी बनाउने र समाजमा देखिएका चुनौतिहरुलाई परिष्कृत शिक्षण विधि अपनाउने यस्ता शैक्षिक संस्था केही हदसम्म भए पनि समाधान गर्न सहयोगी हुन्छ ।’

कार्यक्रमको वक्ताका रुपमा रहेका नेपाल सरकारका पूर्व अमेरिकी राजदुत डा अर्जुन कार्कीले आधुनिक समाजको निर्माणमा दक्ष जनशक्ति देशको अर्थतन्त्रको मेरुदण्ड भएको र देशलाई दक्ष जनशक्तिले नै विश्वसामु चिनाउने भएकोले एमआइटीले अनुशाशित तथा विश्वसमाज बुझ्ने र विश्वसमाजमा जुध्न सक्ने युवा जनशक्ति निर्माण गर्न यसले अगिंकार गरेको पाठ्यक्रम, विषयवस्तु तथा यसले संचालन गर्ने अनुसधानात्मक शिक्षण विधिले देशलाई अगाडि वढाउने विचार राखेका थिए ।

कार्यक्रममा एमआइटीका रामकृष्ण दाहालले आफू शैक्षिक क्षेत्रमा लामो समयदेखि लागी परेको र नेपालमा स्वदेश तथा विदेशका राम्रा विश्वविद्यालयका कार्यक्रमहरु संचालन गरी स्वदेशमै विश्वस्तरको ज्ञान र क्षमता प्रदान गर्ने उदेश्यले आइएयुको सहकार्यमा उच्च शिक्षामा व्यवस्थापन र आइटीका कार्यक्रमहरु सर्व सुलभ शुल्कमा विभिन्न छात्रवृत्ति सहित नेपालमै गर्न लागेको जानकारी गराउँदै एमआइटी काठमाडौं बीबीए र एमबीएमा नयाँ भर्ना समेत खुलाएको जानकारी दिए ।

केमएमसीका अध्यक्ष एवं एमआइटीका सञ्चालक रामेश्वर अर्यालले अध्ययनको क्रममा विद्यार्थीले अमेरिकी उच्च शिक्षा नेपालमा नै पुरा गर्न सक्ने साथै अध्ययन वाँकी भएमा अमेरिका नै गई सो अध्ययन पुरा गर्न सक्ने जानकारी दिए ।

Thuprai - Books and E-books
I Tech store