गृहकार्यको बोझ भन्दा प्रविधिको दुरुपयोग बालबालिकाका लागि घातक

उठाउनै नसक्ने गृहकार्यको बोझ

शैक्षिक गुणस्तर परीक्षण केन्द्र (इआरओ) ले सन २०१९ मा गरेको गणित, नेपाली, विज्ञान र अङ्ग्रेजी विषयमा गरेको परीक्षणमा गृहकार्य नगर्नेभन्दा गृहकार्य गर्ने गर्ने विद्यार्थीको सिकाइ उपलब्धि राम्रो भएको प्रतिवेदन सार्वजनिक गरेको छ । एकातर्फ सरकारी प्रतिवेदनले नै गृहकार्य गर्ने विद्यार्थीको सिकाइ उपलब्धि राम्रो देखाएको छ भने अर्कोतर्फ विज्ञहरु गृहकार्य धेरै दिँदा बालबालिकामा फोबिया भई सिकाइप्रति नै नकारात्मक धाराणा उत्पन्न हुने धारणा राख्दै आएका छन् । महामारीका कारण बालबालिकाको पठन संस्कृति विकास गर्न गृहकार्य दिँदै आइएको प्रधानाध्यापकहरु बताउँछन् ।

तर, विद्यालय उमेर समूहका अधिकांश बालबालिका दसैंको बिदामा पनि तनाबमा देखिन्छन् । खाने खेल्ने र मनोरञ्जन गर्ने समयमा पनि उनीहरु गृहकार्यको बोझले गर्दा तनावमा देखिने गरेका हुन् । विद्यालय खुल्ने हरेक दिन साझबिहान किताब कपी फिजाएर बस्ने बालबालिकाहरु दशैं तथा अन्य लामो विदामा पनि किताबकापी फिँजाएरै बसेका देखिन्छन् । गृहकार्यको बोझले गर्दा उनीहरुले आप्mना अभिभावक तथा साथी संगतीसँग आप्mनो बालापन साट्ननै पाउँदैनन् ।

महामारी नभएको अवस्थामा सार्वजनिक बिदाका दिन बाहेक अरु दिन आप्mनो तौलभन्दा झन्डै दोब्बर तौल बराबरको किताब र कापीको भारी बोकेर स्कुल जान्थे । बिहान बेलुका शिक्षकले दिएको गृहकार्यका कारण बालबालिका आमाबुबाबाट टाढिँदै गए भन्ने गुनासो सुन्ने गरिन्छ । उनीहरुले आप्mना सुखदुःख अभिभावकसँग साट्न पाएनन्, फलस्वरुप परिवार तथा सांस्कृतिक परम्पराबाट उनीहरु टाढिँदै गए भन्ने धारणा संस्कृति विदेले राख्दै आएका थिए । महामारीका कारण अहिले त झन विकराल समस्या देखा पर्दै गएको छ । इन्टरनेट तथा अन्य प्रविधिको पहुँचका कारण उनीहरु पश्चिमा संस्कृतिको प्रभावमा परेर दिनप्रतिदिन बुबाआमा भन्दा टाढा हुँदै गएका छन् । इन्टरनेटको अति प्रयोगका कारण बालबालिकालाई सांस्कृतिक पुस्ता हस्तान्तरण गर्ननै मुस्किल हुँदै गएको छ ।

विद्यालयले ख्यालै नगरी होमवर्क दिने

विद्यालयले तहगत उद्देश्यमा ध्यान नदिइ आवश्यकताभन्दा बढी गृहकार्य दिने गरेकाछन् । बालबालिकाले उनीहरुको क्षमताअनुसारको गृहकार्य त गर्छन् । तर असाध्यै धेरै र कठिन गृहकार्य गर्नुभन्दा विद्यालय नै जान नचाहने तथा अन्य समस्या देखिने गरेका छन् ।

गृहकार्यको चापले विद्यार्थीलाई पाठ घोक्न त सिकाउँछ । तर सिर्जनशील हुनबाट भने रोक्छ । उनीहरुको खेल्ने खाने र मनोरञ्जन गर्ने समयमा गृहकार्यको गर्दा उनीहरुमा नकारात्मक असर पर्ने गरेको शिक्षाविद् विद्यानाथ कोइराला बताउँछन् ।‘अत्याधिक गृहकार्यको चापले गर्दा बालबालिकाहरुलाई घोक्ने बानीको विकास त गर्न सकिन्छ तर उनीहरुले सिर्जनशील कार्य भने गर्न सक्दैनन् ।’ उनले भने,‘खेल्न तथा मनोरञ्जन गर्ने समयमा बालबालिकालाई गृहकार्यको भारी बोकाउँदा उनीहरुमा नकारात्मक असर परिरहेको छ । फलस्वरुप उनीहरु दिनप्रतिदिन कुलतमा फस्दै गइरहेका छन् ।’

गृहकार्यको भारीलाई बिसाउँदा बिसाउँदै कतिपय बालबालिका स्क्रिनको शिकार हुन पुगेका छन् । उनीहरु एकलब्य भइ कुलतको समेत शिकार हुने गरेको शिक्षाविद् कोइराला बताउँछन् । यस्तै बालबालिका मध्ये प्रतिनिधि बालक हुन् सूर्यविनायक–२ बालकोटका १४ वर्षिय अभिषेक लिम्बु । उनी बालकोटको मेरीगोल्ड इङ्लिस बोडिङ स्कुलमा कक्षा १० मा पढ्छन् । ‘म सरले दिएको होमबर्क गर्दागर्दै बुबाआमासँग कुराकानी गर्नै भ्याउँदिन ।’ उनले भने, ‘दशैंमा मलाई आप्mनो गाउँको घर जान मन लाग्छ तर सरले दिएको होमबर्क नगरी कतै जान नपाइने हुँदा कतै घुम्न जानै पाउँदिन त्यसैले मोबाइलमा गेम खेलेरै दशैं मनाउँछु ।’ गृहकार्यकै माध्यमबाट विद्यार्थी, शिक्षक र अभिभावकबीचमा समन्वयको वातावरण गर्ने खालको वातावरण तयार गर्नु पर्ने शिक्षाविद् कोइरालाले बताए ।

पाठ्यपुस्तक एवं गृहकार्यको भरिया बनाउनुभन्दा बालबालिकालाई सिर्जनशील बनाउनु सान्दर्भिक हुन्छ । पढाइ र सिकाइको सम्बन्ध बालकालिकाको मानसिक स्वास्थ्यसँग जोडिएको हुन्छ । यसमा असर परेमा बालबालिकाले आप्mनो क्षमता अनुरुप प्रगति गर्न सक्दैन । उसको शारीरिक स्वास्थ्यलाई समेत असर गर्छ । बलजफ्ती वा करकापमा पढेको कुरा बालबालिकाले बुभ्mन सक्दैनन् । ‘जतिबेर पढे पनि मन, मुटु र मस्तिष्क एक ठाउँमा राखेर वा रमाएर पढ्नुपर्छ ।’ विश्वनिकेतन माध्यमिक विद्यालयका प्रधानाध्यापक हेरम्बराज कडेल भन्छन्,‘ होमवर्क धेरै देऊ भन्ने अभिभावकलाई यसको असर थाहा नै हुँदैन । विद्यार्थीमाथि अध्ययनको भार कतिसम्म थोपर्ने वा निर्णय गर्ने अधिकार विद्यालय व्यवस्थापन एवं त्यसमा आबद्ध विज्ञ शिक्षकहरूको नै हो ।’ उनकाअनुसार होमवर्क दिने अधिकारको विवेकशील प्रयोगको पूर्ण अधिकार शिक्षकमा नै हुन्छ । त्यसैले शिक्षकले बालमनोविज्ञान बुझेकै हुनुपर्छ । विद्यार्थीहरूले गर्न सक्ने उपयोगी अभ्यास मात्र गराउनुुपर्छ ।

अत्याधिक गृहकार्यले गर्दा साना केटाकेटीको मानसिक स्वास्थ्यमा समेत असर पर्ने गरेको छ । उनीहरु एकांगी हुने, सानासाना कुरामा रिसाउने, बुबाआमालाई माया नगर्ने हुनुका साथै कतिपय अवस्थामा उनीहरुको बौद्धिक विकासमा समेत असर पर्ने गरेको छ । अत्याधिक होमबर्कका कारण घर तथा कोठमा सीमित भएका कतिपय बालबालिका डिप्रेशनको समेत शिकार हुने गरेको बालमनोविद्हरु बताउँछन् । ‘अभिभावकले आप्mना छोराछोरीलाई होमबर्क गर्दै छ भनेर स्वतन्त्र छाडिदिँदा दिनप्रतिदिन बालबालिका कुलतमा फस्दैछन् ।’ मनोविद् डा. शुशील कडेल भन्छन्,‘ अधिकांश सरकारी कर्मचारीका छोराछोरी डिप्रेशनमा पर्ने गरेका छन् ।’ उनका अनुसार यी बालबालिकालाई अभिभावकले समय नदिँदा उनीहरु स्क्रिनको शिकार हुने र बिस्तारै बिस्तारै डिप्रेशनको हुने गरेका हुन् ।

नेपालमा सामुदायिक र संस्थागत गरी जम्मा ३५ हजार ५ सय ६८ विद्यालय छन् । तिनीहरु मध्ये एकाध विद्यालयबाहेक अधिकांश विद्यालयले गृहकार्य दिएर एकपटक समेत चेक समेत गर्दैनन् । यसका लागि कुनै विद्यालयले निश्चित कार्यतालिका तथा मापदण्ड समेत बनाएको पाइँदैन । ‘तहगत उद्देश्यबिना नै गृहकार्य दिँदा विद्यार्थीमा मनोवैज्ञानिक समस्या देखिएको छ ।’ शिक्षाविद् कोइरालाले भने,‘यसरी अनावश्यक गृहकार्यको बोझ बोकाउनुभन्दा दशैंतिहार तथा अन्य लामो समयको बिदामा विद्यार्थीको रुची, स्तर तथा विषय वस्तुसँग मेल खाने परियोजना कार्य गर्न दिनु सान्दर्भिक हुन्छ ।’

हरेक दिन गृहकार्य गर्ने बालबालिकाभन्दा कक्षा कार्यमा मात्र सक्रिय हुने बालबालिकाको स्मरण शक्ति तेज हुने गरेको शिक्षकहरु बताउँछन् । धेरै गृहकार्य दिने विद्यालयलको पढाइ राम्रो हुन्छ मान्यता अहिले पनि अधिकांश अभिभावकमा जीवितै छ । त्यसैले विद्यालयले बिदाको समयमा गृहकार्य दिने गरेको मेरी गोल्ड इङ्लिस स्कुलका प्रिन्सिपल भूवनलाल श्रेष्ठले बताए । ‘हामी विद्यार्थीलाई तहगत उद्देश्यको ख्याल गरेर मात्र गृहकार्य दिन्छौं ।’ उनले भने,‘हाम्रा विद्यार्थीले गृहकार्यको बोझ महसुस गरे जस्तो लाग्दैन ।’

गृहकार्यको चटारो बालबालिकालाई मात्र होइन अभिभावकलाई पनि पर्ने गरेको छ । समयमा नै गृहकार्य गर्न नसके छोराछोरी विद्यालय जान नमान्ने हुँदा यसको चटारो बुबालाई भन्दा आमालाई बढी पर्ने गरेको छ । घरमा गृहकार्य गर्न सिकाउने अभिभावक भए त समस्या भएन निराक्षर र श्रमिक परिवारका लागि अझ बढी चुनौति देखिएको पन्चकन्या आधारभूत विद्यालय बालुवाटारका प्रधानाध्यापक बबिता रञ्जित बताउँछिन् । ‘बालबालिकालाई सही तरिकाले सिकायो भने विद्यँलयमा पढाइ हुने समयनै काफी छ ।’ उनले भनिन्,‘लामो समयको बिदामा पाठ्यपुस्तक घोकाउनुभन्दा रचनात्मक कार्य गर्न लगाउँदा उनीहरुको प्रतिभा प्रस्फुटन हुन गई सही शिक्षा पाउँछन् ।’ उनका अनुसार गृहकार्यकै कारण कक्षामा लज्जित हुनु भन्दा बालबालिका विद्यालय नै आउँदैनन् जसले गर्दा कक्षा छाड्नेको दर बढिरकेको छ ।

गृहकार्य नगरेर कक्षामा साथी भाइ तथा शिक्षकका अगाडि लज्जित हुने विद्यार्थीलाई खेल्न मन नलाग्ने, खान मन नलाग्ने, कसैसँग बोल्नै मन नलाग्ने, सामाजजिकीकरणका कुनै कार्यमा सहभागी हुन नसक्ने डा. कडेल बताउँछन् । कडेलका अनुसार बढी गृहकार्य दिने गरेमा बालबालिका काममा हेलचेक्र्याइँ गर्ने, कक्षामा ध्यान नदिने, कक्षाकार्य मन लगाएर नगर्ने नराम्रा अक्षर लेख्ने, विद्यालय, शिक्षक तथा पढाइलाई घृणा गर्ने, क्रमशः स्तर घट्दै जाने जस्ता सामान्य असर देखिने गरेका छन् । विस्तार यी असरले ठुलो रुपलिई विद्यार्थीको स्मरणशक्ति तथा एकाग्रतामा ह्रास आउने गरेको छ । बालबालिका सधै कक्षामा उदासीन देखिने, एकोहोरिनु, टोलाउनु वा कक्षाक्रियाकलापमा निष्क्रिय हुन्छन् । ‘कक्षामा हुने गरेको जान्ने नजान्ने तथा गृहकार्य गर्ने नगर्नेलाई शिक्षकले गर्ने व्यवहार सहन नसकेर आत्महत्या समेत गर्ने गरेका छन्’ डा. कडेलले सुझाए ।

बालबालिकाहरुलाई गृहकार्य र कक्षाकार्य ज्यादै जटिल वा ज्यादै लामो दियो भने कहिल्यै गर्दैनन् । तर पाठ्यवस्तु सँग सम्बन्धित भएर उनीहरुका रुची तथा चाहना अनुरुपको दियो भने सजिलै गर्ने गरेको ल्याबेटोरीका शिक्षक चन्दा कार्की बताउँछिन् । ‘वास्तविक कारण पत्ता नलगाई गृहकार्य नगरेको निहुँमा बालबालिकालाई हप्काउने, गालीगलौज गर्ने, साथीहरूको अगाडि अपमानित गर्ने, पिट्ने गरेमा कक्षाका बस्नै मान्दैनन् ।’ उनले भनिन्,‘ पारिवारिक वातावरण बालमैत्री नभए पनि बालबालिकाहरुले गृहकार्य गर्दैनन् ।’

अधिकांश विद्यालय तथा शिक्षकले अनावश्यक ढंगले गृहकार्यको भार विद्यार्थीलाई थोपरेर सफल भएको महसुस गरिरहेका छन् । बिहानदेखि रातीअबेरसम्म गृहकार्य, कक्षाकार्य ट्युसन, कोचिङ कक्षा आदि कारणले बालबालिकाको सुन्दर बालापान खोसिइरहेको छ । बालबालिकाले के सोच्छन, के चाहन्छन् भन्ने बुझ्ने चेष्टा न त आजसम्म अभिभावकले गरेका छन् तन शिक्षकले नै । अगाडि बुक फिजाएर बसेको छोराछोरी देख्दा अभिभावक मक्ख पर्छन् । राम्रो ग्रेडिङ ल्याउने होडमा उनीहरूलाई यन्त्रवत मानबका रुपमा कार्य गराइरहेका छन् । राम्रो प्राप्ताङकको आशामा साना नानीबाबुहरुलाई किशोर तथा युवालाई जस्तै व्यवहारको अपेक्षा गरेर शिक्षक र अभिभावक दुवैले थाहै नपाई बालबालिकालाई मनोरोगी बन्न बाध्य बनाइरहेका छन् ।

प्रविधिको अति प्रयोग बालबालिका लागि अझै घातक बन्दै

विद्यालय भौतिक रुपमा विद्यालय सञ्चालन भएको अवस्थामा बालबालिकाहरु दसैंं तिहारलगायत अन्य सार्वजनिक बिदाका दिनमा पनि गृहकार्र्य गरिसकेको छैन भन्दै टेन्सनमा बस्ने गरेका भेटिन्थे । अहिले त इन्टरनेटको अति प्रयोगले उनीहरुको मानसिक स्वास्थ्यमा प्रतिकूल असर पर्ने गरेको छ । अहिले जुनसुकै समयमा बालबालिकाहरुलाई इन्टरनेटमै झुम्मिएको पाइन्छ । बालबालिकाको यस्ता व्यवहारका कारण अभिभाबक पनि तनाबमा देखिएका छन् ।

कोरोना संक्रमण जोखिमका कारण विद्यार्थीको शिक्षण सिकाइ इन्टरनेटमा जोडियो । मोबाइल किन्न नसक्ने आर्थिक अवस्था भएका बालबालिकाका अभिभावकले पनि ज्यालामजदुरी गरेर भएपनि आफ्ना छोराछोरीको लागि मोबाइल किनिदिए, इन्टरनेट जोडिदिए । यसले बालबालिकाको प्रविधिमा पहुँच पुग्यो । यसको सकारात्मक वा नकारात्मक प्रभाव देखिन थालेको छ । प्रविधि र इन्टरनेटको कतिपय ठाउँमा सदुपयोग बारे बालबालिका र अभिभावक अनभिज्ञ हुँदा पढाइमा मात्रै नभएर इन्टरनेटको दुरुपयोगमा समेत लागेका छन् । यसको प्रभाव उनीहरूको अनलाइन पढाइमा समेत देखा पर्न थालेको छ ।

भक्तपुरको दधिकोटस्थित मोर्डेन बोडिङ स्कुलको कक्षा २ मा पढ्ने प्राप्ति कार्की भर्खर ८ वर्ष पुगिन् । आजभोलि उनी जतिवेलै टिकटक भिडियो बनाउन व्यस्त हुन्छिन् । अभिभावकको आँखा छलेर उनी अनलाइन कक्षा भएको समयमा पनि टिकटक बनाउँछिन् । विद्यालय खुलेको समयमा घर पुग्ने बित्तिकै होमबर्क गर्ने छोरी आजभोलि मुबाइलमा झुम्मिएको देखेर दिक्क उनका बुबा भोजकुमार कार्कीले । ‘परारको दशैंमा गृहकार्य नगरी गाउँ जाँँदा छोरी होमबर्क बाँकी छ भनेर रुँदा रुँदै ज्वरो नै आयो ।’ उनले भने,‘स्कुल लाग्दा जहिल्यै लुगा नै नफेरी हतारहतार होमबर्क गर्थी महामारीले गर्दा उसको प्रकृति बदलियो अहिले हामीसंग नै टाढा भइ, युट्युब, टिकटक र भिडियो कलमा मात्र रमाउँछ, बढी झर्कन्छे । कहिले काँही त ठुली भएर नि यस्तै व्यवहार देखाइ भने के गर्नु भन्ने डर लाग्छ ।’

व्यस्त अभिभावकले आप्mना छोराछोरी व्यस्त हुन् भन्ने चाहन्छन् । केही समय फुर्सद मिले पनि अभिभावकनै मोबाइल, टेलिभिजनमा समय बिताउने हुँदा अभिभावकले आप्mना छोराछोरीसँग पर्याप्त समय दिन सकेका छैनन् । फलस्वरुप बालबालिका दिनप्रतिदिन प्रविधिको सिकार हुँदै आएका छन् ।

प्रविधि प्रयोगमा अभिभावक सचेतना चाहिन्छ

प्रविधिको दुरुपयोग नियन्त्रण गर्न अभिभावक सचेत हुनुपर्छ । अभिभावकले समय दिन नसक्ने तर प्रविधिको पहुँचमा पुगेका बालबालिका पछिल्लो समय यसको सिकार हुने गरेका छन् ।

‘अनलाइन चाइल्ड सेफ्टीको हिसाबबाट हेर्दा हामी सचेत छैनौं । हामीसँग सुरक्षित संयन्त्र पनि छैन ।’ साइबर कानुन विज्ञ बाबुराम अर्याल भन्छन्, ‘कानुन बनाउने कुरामा बामे सर्दैछौं । सचेतना नै मुख्य हो ।’

उनका अनुसार विभिन्न अध्ययनले देखाएको तथ्यांकले सबैभन्दा बढी १२ देखि १६ वर्ष उमेर समूहको बालबालिका जोखिममा देखिन्छन् । बालबालिका अहिले घरैमा छन् । महामरीको कारण घरैम थन्किएका बालकालिकाका अभिभावक नै प्रविधिको दुरुपयोग रोक्न सचेत हुनुपर्छ ।

अभिभावकले समय नदिएका बालकालिकामा यस्तो समस्या बढी देखिएको छ । अभिभावक जत्ति आफ्ना छोराछोरीप्रति जिम्मेवार देखिन्छन त्यति बालबालिका पनि यसको प्रयोगमा सचेत हुने गरेका छन् । ‘पढाइको नाममा अभिभावकले बालबालिकालाई प्रविधि र इन्टरनेटको पहुँचमा पुर्याए ।’ उनी भन्छन्, ‘ व्यवस्थित पहुँच दिने, साइबर हाइजिन प्रोटोकललाई व्यवस्थापन गर्ने सम्बन्धि ध्यान सबै सरोकारवालाको नपुगे यसले विकराल रुप लिन सक्छ ।’

सचेतनाका लागि पहिलो तहमा अभिभावक, दोस्रो शिक्षक, तेस्रो बालबालिका र सम्बन्धित सरोकारवाला निकायहरुको समन्वयात्मक भूमिका हुनुपर्ने उनको धारणा छ ।

बालबालिकाको अभिभावकले थाहा नपाएका कुरा विद्यालयले थाहा पाउने हुँदा अब शिक्षक अभिभावक बालबालिकाको साथी बन्नु पर्नेमा उनले जोड दिए ।

सुरक्षित प्रविधि, इन्टरनेटको उपयोगका सम्बन्धमा राष्ट्र व्यापी रुपमा अभियान चलाउन आवश्यक रहेको उनले सुझाए । चाइल्ड सेफ्टी, साइबर सेक्युरिटी, अनलाइन शिक्षा, डिजिटल प्यारेन्टिङबारे समाजलाई नै सुरक्षित उपयोगबारे साक्षर बनाउन सकिने अर्याल बताउँछन् ।