After SEE Portal

माघ ३० भित्र आयकर वापतको राजस्व बुझाउन मन्त्रालयको अनुरोध

Bridge Course

माघ ३० गते भित्र विदेशी विश्वविद्यालबाट सम्बन्धन प्राप्त शिक्षण संस्थाले आयकर तिरिसक्नु पर्ने भएको छ ।

विदेशी विश्वविद्यालयको सम्वन्धनमा नेपालमा सञ्चालित सम्पूर्ण शिक्षण संस्थाहरुलाई अग्रिम आयकर वापतको रकम कर दाखिला गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले अनुरोध गरेको छ ।

विदेशी शिक्षण संस्थाको सम्बन्धनमा उच्च शिक्षा सञ्चालन गर्ने सम्बन्धी निर्देशिका, २०५९ अनुसार आयकर दाखिला गर्न मन्त्रालयको सचिव स्तरीय निर्णय अनुसार अनुरोध गरेको छ ।

निर्देशिका अनुसार विदेशी विश्वविद्यालयको सम्बन्धन तथा मन्त्रालयको अनुमतिमा सञ्चालित शिक्षण संस्थाहरुले विदेशी सम्बन्धन प्रदायक विश्वविद्यालय वा त्रिपक्षीय सम्झौता अनुसार तेस्रो पक्ष द्वारा जारी गरीएको ईन्भ्वाइस अनुसार रकम पठाउँदा पठाईएको रकममा आयकर ऐन, २०५८ को दफा ८८ को उपदफा (१) बमोजिम पन्ध्र प्रतिशतका दरले अग्रिम आयकर वापतको रकम कर दाखिला गर्नु पर्ने ब्यवस्था रहेको छ ।

उक्त व्यवस्था अनुसार मिति २०७६कार्तिक२६ देखि हाल सम्म शिक्षण संस्थाहरुले राजश्व दाखिला गरी सोको भौचर पेश गरेको नदेखिएकोले आर्थिक वर्ष २०७५–०७६ र आव २०७६–०७७ मा कार्यक्रम थपका लागि आवेदन दिने शिक्षण संस्थाहरुले कार्यक्रम थपको छनौट प्रक्रिया अगावै र अन्यको हकमा २०७७माघ३० भित्र अनिवार्य रुपमा दाखिला गर्नुपर्ने गरी पत्राचार गरिएको मन्त्रालयका शाखा अधिकृत विश्वास रोका मगर ले जानकारी दिए ।

‘असोज२३ गतेको मन्त्रालयको (सचिव स्तरीय) निर्णय अनुसार राजस्व दाखिला गर्न बाँकी सबै शिक्षणसंस्थालाई अनुरोध गरिएको छ ।’ उनले भने, ‘निर्देशिका अनुसार राजस्व दाखिला नभएमा सोको जवाफदेही मन्त्रालय हुने छैन ।’

A Levels MA
Thuprai - Books and E-books