After SEE Portal

विद्यालयमा सेनाको सेवा दल तालीम

Bridge Course

नेपाली सेनाले कञ्चनपुरको भीमदत्तनगरका पाँच विद्यालयमा आजदेखि एकसाथ विद्यार्थीलाई राष्ट्रिय सेवा दल तालीम दिन थालेको छ ।

भगतपुरस्थित सेनाको सिंहशार्दूल गुल्मले वैजनाथ माध्यमिक विद्यालय, सनराइज पब्लिक उच्च मावि, न्यू सरस्वती मावि, लिटिल स्टार र इन्टरनेशनल बोर्डिङ स्कूलबाट छनोट गरिएका विद्यार्थीलाई तालीम प्रदान गरिरहेको छ । तालीममा पाँच विद्यालयका १८ छात्रा र १८ छात्र गरी ३६ विद्यार्थी जनालाई राष्ट्रिय सेवा दलको जुनियर तालीम दिन थालेको सिंहशार्दूल गुल्मका निमित्त गुल्मपति सह–सेनानी कृष्ण भण्डारीले जानकारी दिनुभयो ।

“पाँच विद्यालयमा तालीम सञ्चालन गर्न सैनिक शिक्षालयका ११ प्रशिक्षक खटाएका छौँ”, सह–सेनानी भण्डारीले भन्नुभयो । उनीहरुलाई विद्यालयमै तालीम प्रदान गरिँदै छ । सेनाको पश्चिम तालीम शिक्षालयद्वारा सञ्चालित ४६औँ जुनियर डिभिजन तालीमको आज सह–सेनानी भण्डारीले उद्घाटन गर्नुभएको हो । नेपालमा विसं २०२२ देखि यस्तो तालीम प्रदान गरिँदै आएको छ । सह–सेनानी भण्डारीले तालीमले युवामा अनुशासित, इमान्दार र बफादारिताको भावना विकास गराउन मद्दत पुग्ने बताउनुभयो ।

विद्यार्थीलाई विभिन्न ब्यायाम, प्राथमिक उपचार, विपद् व्यवस्थापन, सामान्य युद्धकलालगायत सम्बन्धी तालीम दिइँदैछ । विसं २०२२ यता सिनियर र जुनियरतर्फ गरी ४३ हजार ६३२ छात्र÷छात्राले उक्त तालीम लिएको सह–सेनानी भण्डारीले बताउनुभयो । एक सय दिनसम्म सञ्चालन हुने उक्त तालीम ७९ दिन विद्यालयमा तथा २१ दिन सामूहिक क्याम्प कोहलपुरमा सञ्चालन गरिने सेनाले जनाएको छ । यसअघि पनि सेनाले यहाँका विभिन्न विद्यालयमा सेवा दल तालीम सञ्चालन गरेको थियो ।

A Levels MA