After SEE Portal

मध्यपश्चिमाञ्चल विश्वविद्यालयले पुन: प्रवेश परीक्षा लिन नपाउने

Bridge Course

मध्यपश्चिमाञ्चल विश्वविद्यालयले कानुन संकायको प्रवेश परीक्षा लिन नपाउने भएको छ । विश्वविद्यालयको कानुन संकाय अन्तर्गत बीएएलएलबीको पुनः प्रवेश परीक्षा नगराउन उच्च अदालत सुर्खेतले अल्पकालीन अन्तरिम आदेश दिएपछि सो परीक्षा लिन नपाउने भएको हो ।

उच्च अदालत सुर्खेतका न्यायाधीश राजेन्द्र खरेलको इजलासले अल्पकालीन अन्तरिम आदेश जारी गर्दै तत्काल सो परीक्षा नलिन आदेश जारी गरेको छ ।

विश्वविद्यालयको कानुन संकायको केन्द्रीय क्याम्पसले स्नातक तह बीएएलएलबी अध्ययनका लागि गत फागुन १७ गतेदेखि १९ सम्म प्रवेश परीक्षा सञ्चालन गरेको थियो ।

सो परीक्षामा विवाद देखिएपछि विश्वविद्यालयको कार्यकारी परिषद्ले नतिजा समेत रद्द गरेको थियो । विद्यार्थीले पहिलो प्रवेश परीक्षालाई मान्यता दिनु पर्ने माग राखी कार्यकारी परिषद्को निर्णयविरुद्ध विद्यार्थीहरु माया पौडेल लगायत पाँच जनाले उच्च अदालत सुर्खेतमा रिट दिएका थिए । विश्वविद्यालयले पुनः प्रवेश परीक्षा आगामी २२ गतेलाई तोकेको थियो ।

A Levels MA