A Levels MA

मध्यपश्चिम विश्वविद्यालयले वस्तुगत र परियोजना कार्यबाट विद्यार्थीको मूल्याङ्कन गर्ने

कोरोना भाइरसको संक्रमणका कारण प्रभावित भएको मध्यवर्ती परीक्षा मध्यपश्चिम विश्वविद्यालयले वस्तुगत र परियोजना कार्यबाट सञ्चालन गर्ने भएको छ । विश्विद्यालयले दुवै परीक्षालाई समान पूर्णांक प्रदान गरी सञ्चालन गर्ने भएको हो ।

स्वास्थ्यका दृष्टिले विद्यार्थीलाई भौतिक रुपमा विश्वविद्यालयमा बोलाइ परीक्षा सञ्चालन गर्ने वातावरण नभएको हुँदा विश्वविद्यालयको पदाधिकारी बैठकले मिड ट्रम परीक्षा अनलाइन-अफलाईन वा दुवै विद्युतीय माध्यमबाट सञ्चालन गर्ने भएको विश्वविद्यालयले जानकारी दियो ।

सो विश्वविद्यालको परीक्षा व्यवस्थापन कार्यालका अनुसार गत चैत्रमा, लकडाउन सुरु हुनुपूर्व, खुलाईएको परीक्षा फारम भर्ने म्याद आगामी भदौ १९ गते सम्म निर्धारण गरेको छ ।

कोभिड १९ का कारण परीक्षाको मुखमा आएर रोकिएको जुन सुकै समेस्टरका परीक्षार्थीले अब माथिल्लो सेमेस्टर पढ्न पाउने व्यवस्था विश्वविद्यालयले गरेको छ । तर माथिल्लो सेमेस्टरमा स्तारोन्नति गरिएका विद्यार्थीले दुवै सेमेस्टरको परीक्षा दिनै पर्ने व्यवस्था गरिएको परीक्षा व्यवस्थापन कार्यालय प्रमुख डा. आनन्दप्रसाद सुवेदीले जानकारी दिए ।

प्रमुख सुवेदीका अनुसार परीक्षा प्रभावित भएका विद्यार्थीले दुवै सेमेस्टरको परीक्षा कोभिड १९ को संक्रमणको अवस्था, त्यसको असर र सरकारको निर्णय अनुसार उपयुक्त समयमा सञ्चालन गरिने भएको छ ।

विश्वविद्यालयले वैकल्पिक शिक्षण विधिमार्फत सञ्चालित सेमेस्टरको कोर्स पढाइ सकेको जानकारी दियो । कोभिड १९ को प्रभावका कारण टर्मिनल परीक्षा सञ्चालन गर्ने वातावरण नबनेमा त्यस्ता विद्यार्थीको लगतै आउने सेमेस्टरमा स्तरोन्नति गर्ने भएको छ । विश्वविद्यालयले डिजिटर, भुर्चुअल र अल्टरनेटिभ टिचिङ लर्निङ सिस्टम पोलेसी २०२० अनुसार कक्षा सञ्चालन गर्ने भएको छ ।

गत चैत्रदेखि तिर्न बाँकी विद्यार्थीको शुल्क विद्यार्थीहरुले पूरै तिर्न नसक्ने भएमा जति सक्दछन् सोही लिने र वाँकी रहेको शुल्क पछिल्लो लगत्तै आउने सेमेष्टरमा लिने तर परीक्षा फारम शुल्क अनिवार्य रुपमा लिइने विश्वविद्यालयको पदाधिकारी बैठकले निर्णय गरेको विश्वविद्यालयले जानकारी दियो ।

Thuprai - Books and E-books