After SEE Portal

मध्यपश्चिमाञ्चल विश्वविद्यालयका आंशिक र करार शिक्षक छनोटका कागजात अख्तियारमा

Bridge Course

मध्यपश्चिमाञ्चल विश्वविद्यालयले आंशिक तथा करारमा शिक्षक नियुक्ति गर्दा अनियमितता गरेको उजुरी परेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोग, सुर्खेतले विश्वविद्यालयमा छापा मारेको छ ।

शिक्षक छनोटमा दक्षताभन्दा आफ्नालाई नियुक्ति गर्न परम्परालाई यथावत राखेको भन्दै विश्वविद्यालयका केही पदाधिकारीले उजुरी गरेपछि अख्तियारले विश्वविद्यालयमा छापा मारेको हो ।

आंशिक तथा करारमा शिक्षक नियुक्ति गर्दा अनियमितता भएको भन्ने उजुरी परेपछि अख्तियारले छापामारी शिक्षक छनोटसम्बन्धि सम्पूर्ण कागजात नियन्त्रणमा लिएर अनुसन्धान थालेको अख्तियार सुर्खेतका सूचना अधिकारी मेघनाथ साप्कोटाले बताए । आयोगको नियमित प्रक्रियाअनुसार उजुरी उपर अनुसन्धान थालिएको उनले जानकारी दिए ।

विश्वविद्यालयको आंगिक क्याम्पस बबई बहुमुखी क्याम्पस, गुलरिया बर्दियाका लागि मानविकी र सामाजिक शास्त्र सङ्काय अन्तर्गत सामाजिक कार्य-१ जना र ग्रामीण विकास विषयमा-१ जना, व्यवस्थापन सङ्काय अन्तर्गत व्यवस्थापन विषयमा-१ जना र शिक्षा शास्त्र सङ्काय अन्तर्गत स्वास्थ्य शिक्षा-१ जना र अनिवार्य शिक्षा विषयमा-१ जना आंशिक शिक्षकका लागि गत माघ ५ गते खुला विज्ञापन गरेको थियो ।

A Levels MA