After SEE Portal

विश्वविद्यालयको इतिहास तोड्दै मध्यपश्चिमाञ्चल विश्वविद्यालय

Bridge Course

मध्यपश्चिमाञ्चल विश्वविद्यालय (एमयु) ले रजिष्ट्रार र चारवटा डीन खुला प्रतिश्पर्धाबाट छनोट गर्ने भएको छ ।

नेपाली विश्वविद्यालयको इतिहासलाई चुनौती दिँदै विश्वविद्यालयले रजिष्ट्रार र चारओटा संकायमा डीन खुला प्रतिस्पर्धाबाट छनोट गर्ने भएको हो ।

विश्वविद्यालयका उपकुलपति प्राडा नन्दबहादुर सिंहले आफ्नो १५८ औं दिनको कार्यकालमा पहिलो पटक पत्रकार सम्मेलन गरी खुला प्रतिस्पर्धाबाट पदाधिकारी नियुक्ति र निजी क्याम्पसलाई आंगिक क्याम्पस बनाउन अनुमति नदिने बताए ।

उनले सो सम्मेलनमा कर्णालीका किसानले जस्तै आफूले पनि परिश्रम गरेर खाने भन्दै कसैको दवावमा काम नगर्ने र विश्वविद्यालयलाई राजनैतिक भर्तिकेन्द्र हुन नदिने धारणा व्यक्त गरे ।

विश्वविद्यालयले कर्णालीका जनताको अपेक्षा पुरा गर्न कुनै कसर बाँकी नराख्ने बताए । उनले भने, 'विश्वविद्यालयलाई जनताको भरोसाकेन्द्र बनाउन अवरोध गर्ने जो कोहीलाई पनि विश्वविद्यालयले कारबाही गर्ने छ ।'

विश्वविद्यालयलाई शैक्षिक, भौतिक सुधारका लागि विश्वविद्यालयको कार्यकारी परिषदले बायोमेडिकल, वैज्ञानिक तथा प्रविधियुक्त र कृषी विषयमा शैक्षिक हबका रुपमा स्थापित गर्ने लगायतका विभिन्न ९२ वटा निर्णय गरेको छ । उपकुलपति सिंहले विश्वविद्यालयलाई एक्काइसौं शताब्दीको पारदर्शीपूर्ण र भ्रष्टाचारमुक्त विश्वविद्यालय बनाउनका लागि यी निर्णय गरेर कार्यान्वयनमा ल्याएको जानकारी दिए ।

कोरोना भाइरस संक्रमण, रोकथाम नियन्त्रण तथा उपचारको सहयोगार्थ विश्वविद्यालयले नेपाल राष्ट्रिय बाणिज्य बैंकमा रहेको कोरोना भाइरस संक्रमण रोकथाम नियन्त्रण तथा उपचार कोषको खातामा विश्वविद्यालयका सम्पूर्ण निकायका कर्मचारी शिक्षक तथा पदाधिकारीबाट सहयोक रकम उठाएर २८ लाख ५४ हजार ७३२ रुपैँया ७९ पैसा बराबरको रकम सहयोग गरेको उपकुलपति सिंहले जानकारी दिए ।

करिब तीन अर्बको लागतमा दुइ वर्षभित्र विश्वविद्यालयलाई अत्याधुनिक तथा प्रविधियुक्त विश्वविद्यालय बनाउन भौतिक पूर्वाधार निर्माणको लागि बृहत गुरुयोजना सहित डिजाइन र इष्टिमेट समेत गरिएको उनले जानकारी दिए ।

विश्वविद्यालयले फ्याकेल्टी अफ एग्रीकल्चर एण्ड फरेस्टी हेल्थ मेडिकल साइन्स सञ्चालन गर्ने भएको छ । विश्व बैंकको आर्थिक सहयोगमा विश्वविद्यालयले कृषि उपजका लागि आवश्यकता पर्ने जग्गा, ल्याब र उपकरण निर्माण गर्न आवश्यक कार्य गर्ने भएको छ । कोभिड १९ महामारी विरुद्ध लड्न विश्वविद्यालयको विज्ञान तथा प्रविधि केन्द्रिय क्याम्पसबाट हेन्ड स्यानिटाइजर उत्पादन गरी गत बैशाख ११ देखि निशुल्क वितरण गर्दै आएको छ ।

पदाधिकारीले पढाउनै पर्ने

विश्वविद्यालयका पदाधिकारीहरुले पनि अबदेखि पढाउनै पर्ने भएको छ । उपकुलपति र रजिष्ट्रारले महिनाको घण्टी, डीन कार्यकारी निर्देशक वा सो सरहका पदाधिकारीले चार घण्टी, सहायक डीनले मासिक ६ घण्टी, क्याम्पस चीफले महिनामा ८ घण्टी पढाउँनै पर्ने उपकुलपति सिंहले जानकारी दिए ।

विश्वविद्यालयले ९ वटा आंगिक क्याम्पसलाई ५० लाखक दरले र मुगु क्याम्पसलाई २५ लाख गरी जम्मा ४ करोड ७५ लाख रुपियाँ प्रदान गर्ने निर्णय गरिएको जानकारी दिए । ‘

A Levels MA
Thuprai - Books and E-books