After SEE Portal

मध्यपश्चिम विश्वविद्यालयले माग्यो शिक्षक कर्मचारी

Bridge Course

मध्यपश्चिम विश्वविद्यालयले ग्य्राजुएट स्कुल अफ एग्रीकल्चर एन्ड फरेस्ट्री र ग्य्राजुएट स्कुल अफ इन्जिनियरिङका लागि शिक्षक तथा कर्मचारी माग गरेको छ ।

विश्वविद्यालयले ६ जना उपप्राध्यापक, प्रशिक्षक र प्रशासनमा कर्मचारी माग गरेको हो ।

करार सेवामा पदपूर्ति गर्नका लागि कर्मचारीको हकमा १८ वर्ष पूरा भई ४५ वर्ष ननाघेको र शिक्षकको हकमा २१ वर्ष पूरा भाई न्यूनतम शैक्षिक योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरूबाट आवेदन माग गरेको छ ।

आवश्यक कागजात सहित सम्बन्धित डिन कार्यालयको नेपाल बैंक लिमिटेड सुर्खेतस्थित खातामा राजस्व जम्मा गरी ३५ दिनभित्र रीतपूर्वक दरखास्त दिन सूचना जारी गरेको छ ।

कार्यालयमै उपस्थित भई फाराम बुझाउन नसक्नेहरूको हकमा आवश्यक सम्पूर्ण कागजात साहित आवेदन समयावधिभित्र सम्बन्धित डिन कार्यालयको आधिकारिक इमेल मार्फत समेत आवदेन दिन सकिने सूचनामा उल्लेख गरेको छ ।

A Levels MA