वार्षिक ३०० जनालाई व्यावसायिक सिप प्रदान गर्दै महानगर

काठमाडौं महानगरपालिकाले आगामी शैक्षिक सत्रदेखि वार्षिक ३०० जना विद्यार्थीलाई व्यवसायिक सिप प्रदान गर्ने भएको छ । महानगरले शैक्षिक सत्र २०८० देखि सबै सामुदायिक विद्यालयमा ९० घण्टाको छोटो अवधिको सिपमुलक तालिम प्रदान गर्ने भएको छ ।

विभिन्न १० मोडुल एक समूहमा ३० जना पर्ने गरी अहिले कक्षा ८ मा अध्ययन गरिरहेका विद्यार्थीको आवेदन फारमसहित भोलि हुने छलफल कार्यक्रममा सहभागी हुन सबै विद्यालयका प्रधानाध्यापकलाई पत्राचार गरेको छ ।

महानगरले Agriculture and Urban Farming, Beautician and Hair Style, Carpentry and Wood Carving, Culinary Arts, Fashion design and clothing construction, House Wiring and Electrical, Indigenous and Contemporary Masonry (Disaster Readiness), Mobile and Electronics,  Plumbing र  Art and sculpture  सिपमुलक तालिम प्रदान गर्ने भएको छ ।

सस्थागत विद्यालयहरूको नाम, स्थान र स्वामित्व परिवर्तन

काठमाडौं महानगरपालिका अन्तर्गत सञ्चालित केही सस्थागत विद्यालयहरूको नाम, स्थान र स्वामित्व परिवर्तन गरिएको छ । कम्पनी रजिस्ट्रारको कार्यालयबाट नाम, स्थान र स्वामित्व परिवर्तन गरेपछि महानगरले यस्ते परिवर्तनको स्वीकृति दिएको हो ।

लिटिल बर्ड स्कुल, (प्रा.लि.नं. ८०४४) का.म.पा. १४ मा सञ्चालन भइरहेकोमा अब साबिकको ठेगानाबाट स्थान परिवर्तन गरी कीर्तिपुर नगरपालिका वडा नं. ०१ मा स्थानान्तरण गरिएको छ ।

त्यस्तै, रेन्बो इन्टरनेसनल बोर्डिङ स्कुल (प्रा.लि.नं. ५९८६) कामपा १५ मा सञ्चालन भइरहेकोमा अब नागार्जुन नगरपालिका वडा नं. ०३ मा स्थानान्तरण गरिएको छ ।

त्यसैगरी, क्रिस्टल एकेडेमी (प्रा.लि.नं. ३२९६६) काठमाडौँ का.म.पा. १४ रवि भवनको नाम परिवर्तन गरी वेदाङ्ग इन्टरनेसनल स्कुल कायम गरिएको छ भने, साइनिङ्ग पाथ पब्लिक स्कुल (प्रा.लि.नं. ३८४०७) कामपा. १५ को ठेगाना परिवर्तन गरी कामपा. १३ मा स्थानान्तरण गरी आयाम स्कुल अफ काठमाडौँ नामारकण गरिएको छ । स्वामित्व कालि बहादुर चित्रकारको नाममा रहेकोमा अब कालि बहादुर चित्रकार सहित ६ जनाको नाममा कायम भएको छ । वैदिक विद्यापीठ (प्रा.लि.नं. १२६१४४) कामपा ३२ मा सञ्चालन भइरहेकोमा अब कामपा. ०७ मा स्थानान्तरण गरिने भएको छ ।

औपचारिक पोसक लगाएर परिचयपत्रका लागि आवेदन दिनुपर्ने

महानगरभित्र कार्यरत सामुदायिक विद्यालयका शिक्षक तथा कर्मचारीले आफ्नो परिचयपत्र लिन सात दिन भित्र महानगरमा औपचारिक पोसक लगाएर अनलाइन आवेन दिन महानगरले सूचित गरेको छ ।

शिक्षकको औपचारिक पोसक लगाएर स्टुडियोमा खिचिएको पासफोटो भएको आवेदन मात्र स्वीकृत गरिने महानगरले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।