After SEE Portal

प्रधानमन्त्रीसमक्ष ज्ञापनपत्र प्रस्तुत

Bridge Course

लुम्बिनी प्रदेश मदरसा व्यवस्थापन समितिका उपाध्यक्ष मौलाना मशहुद खाँ नेपालीसहितको टोलीले प्रधानमन्त्री पुष्पकमल दहाल (प्रचण्ड) लाई मदरसा व्यवस्थापनबारे ज्ञापनपत्र बुझाएको छ । काठमाडौँ आएको सो टोलीले अर्थमन्त्री विष्णु पौडेललाई पनि ज्ञापनपत्र बुझाएको छ ।

मदरसामा शिक्षक दरबन्दी सिर्जना गर्नुपर्ने र हाल कार्यरत शिक्षकलाई प्रक्रिया पूरा गरी स्वतः स्थायी गर्नुपर्ने माग गरिएको छ । 

मदरसालाई दिँँदै आएको वार्षिक अनुदान दुई लाख ४१ हजार रुपियाँबाट बढाएर १० लाख रुपियाँ दिनुपर्ने माग पनि गरिएको छ ।

लुम्बिनी प्रदेश मदरसा व्यवस्थापन समिति उपाध्यक्ष मौलाना मशहुद खाँले ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री प्रचण्डले आफू मागप्रति सकारात्मक रहेको र यस बारेमा कुनै नकुनै निर्णय गर्ने प्रतिबद्धता व्यक्त गरेको जानकारी दिए । प्रधानमन्त्रीले मदरसाका बारेमा उचित व्यवस्थापन गरी समस्या समाधान गर्ने आश्वासन दिनुभएको छ उपाध्यक्ष मशहुदले भने ।

यसैगरी अर्थमन्त्री पौडेलले अहिले बजेटको समस्या भएको उल्लेख गर्दै आगामी आर्थिक वर्षको बजेटमा मदरसा शिक्षाका बारेमा सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

उपाध्यक्ष खाँसहित राष्ट्रिय मदरसा संघ नेपालका उपाध्यक्ष शैख जैस मक्की तथा लुम्बिनी प्रदेश मदरसा व्यवस्थापन समिति सल्लाहकार मेघनाथ ढकाल सहितले प्रधानमन्त्रीलाई भेटेर मदरसा व्यवस्थापनबारे ध्यानाकर्षण गराएका थिए ।

A Levels MA