नेपाल प्रज्ञा–प्रतिष्ठानका प्राज्ञको शपथ

काठमाडौँ, २ पुस (रासस) ः नेपाल सरकारले नेपाल प्रज्ञा–प्रतिष्ठानका प्राज्ञसभा सदस्य र प्राज्ञ परिषद् सदस्य नियुक्त गरी प्रतिष्ठानलाई पूर्णता दिएको छ । यसअघि प्रतिष्ठानका कुलपतिमा गङ्गाप्रसाद उप्रेती र सदस्य सचिवमा जगत्प्रसाद उपाध्याय नियुक्त भइसक्नुभएको थियो । यस्तै उपकुलपतिमा जगमान गुरुङ, प्राज्ञपरिषद् सदस्यमा दिनेशराज पन्त, योगेन्द्र यादव, उषा ठाकुर, देवी नेपाल, गोपीन्द्र पौडेल, हेमनाथ पौडेल, माया ठकुरी र लक्ष्मी मालीको नियुक्ति भएको छ । 

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री तथा प्रतिष्ठानका संरक्षक रवीन्द्रप्रसाद अधिकारीले नवनियुक्त उपकुलपति तथा प्राज्ञपरिषद् सदस्यलाई शपथ गराउँदै साहित्य र प्राज्ञिक गतिविधिका माध्यमबाट प्रज्ञा–प्रतिष्ठानले हरेक जाति तथा समुदायका भाषा र संस्कृतिको संरक्षण गर्नुपर्नेमा जोड दिनुभयो । 

प्रतिष्ठानका कुलपति उप्रेतीले आगामी दिनमा प्रतिष्ठान देशका सबै प्रदेशमा साहित्य, संस्कृतिलगायतको खोज र अनुसन्धानमा क्रियाशील हुने प्रतिबद्धता व्यक्त गर्नुभयो । 

Thuprai - Books and E-books