सहमतिमा नआए निजी मेडिकल कलेजलाई कारवाही गरिने

तोकिएभन्दा बढी शुल्क लिने निजी मेडिकल कलेज सहमतिमा नआए कारवाही गरिने भएको छ । गृहमन्त्रालयमा आज बसेको बैठकले कलेज सञ्चालकसँग वार्ता गर्ने र सहमतिमा बुधबारदेखि कानूनी कारवाही अगाडि बढाउने निर्णय गएको गृहमन्त्रीका प्रेस संयोजक किरण भट्टराईले जानकारी दिनुभयो ।

बैठकमा गृहमन्त्री रामबहादुर थापा, शिक्षामन्त्री गिरिराजमणि पोखरेल, महान्यायाधिवक्ता अग्नि खरेल, प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाललगायत सहभागी हुनुहुन्थ्यो । शिक्षा मन्त्रालयमा अहिले निजी मेडिकल कलेज सञ्चालकसँग वार्ता भइरहेको छ । शिक्षामन्त्री पोखरेलसहित मन्त्रालयका अधिकारी तथा निजी मेडिकल कलेजका सञ्चालक वार्तामा सहभागी हुनुहुन्छ । सरकारले बढी शुल्क लिएका मेडिकल कलेजलाई उक्त शुल्क फिर्ता लिन आजसम्म अल्टिमेटम दिए पनि मेडिकल कलेजले रकम फिर्ता नगर्ने अडान लिदैँ आएका छन् ।

Thuprai - Books and E-books