कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा यस वर्षदेखि एमबीबीएस पढाई हुने

 कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले यसै वर्षदेखि एमबीबीएस, एमडी र एम.एस संचालन गर्ने समेत निर्णय गरेको छ ।

प्रतिष्ठानको पाँचौ सिनेटले यस्तो निर्णय गरेको हो । यस्तै, प्रतिष्ठानले विस्तृत गुरुयोजना बनाउने भएको छ । त्यसका लागि ६ अर्ब रुपैंया वरावरको वजेट पारीत गरीएको प्रतिष्ठानका रजिष्ट्रार विश्वराज काफ्लेले जानकारी दिए । प्रतिष्ठानका कुलपति प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षता सोमवार बसेको बैठकले १२ वटा प्रस्ताव पारित गरेको हो ।

प्रतिष्ठानले विस्तृत गुरुयोजना बनाउने भएको छ । त्यसका लागि ६ अर्व रुपैंया वरावरको वजेट पारीत गरीएको प्रतिष्ठानका रजिष्ट्रार विश्वराज काफ्लेले जानकारी दिए ।

गुरुयोजनामा छुट्टै एमबीबीएस भवन, चिकित्सक आवास, कर्मचारी आवास, खेल मैदान लगायतका संरचना रहने विषय समेटिएको छ । प्रतिष्ठानमा एमडी एमएसका एमडिजिपी, स्नातकोत्तरमा इपिडिमियोलोजि, अर्थोपेडिक्स, पेडियाट्रिक्स, गाइनो फार्मेसी कार्यक्रम सञ्चालन गर्ने लगायतका प्रस्ताव पारित भएको छ ।  

साथै, प्रतिष्ठान छनौट समितिको अध्यक्षमा प्रा.डा. गणेश गुरुङलाई नियुक्त गरिएको छ । यस्तै, सदस्यहरुमा डा. तरुण पौडेल नियुक्त गर्ने निर्णय भएको छ । प्रतिष्ठानका रजिष्ट्रार विश्वराज  काफ्ले उक्त समितिका सदस्य सचिव हुन् । उनले चालु आर्थिक वर्षका लागि ६९ करोड रुपैयाँ बराबरको बजेट विनीयोजन गरीएको जानकारी दिए ।  

                                     के के पारीत भयो त ? 

१.प्रतिष्ठानको आ.व. ०७५-०७६ को वार्षिक प्रतिबेदनलाई पारित 

२.कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको आ.व. ०७४-०७५ र आ.व. ०७५-०७६ महालेखा परिक्षण प्रतिवेदनलाई छलफल गरी  स्वीकृत

 ३. प्रतिष्ठानको आ.व. ०७६-०७७ को आयब्यय सहितको वार्षिक वजेट पारित

 ४.कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको कर्मचारीका सेवा सर्त र सुविधा सम्वन्धी नियमावली २०६९ मा नेपालको संविधान २०७२ को धारा २४३(४) एवं लोक सेवा आयोगको सामान्य सिद्धान्त २०७४ को नियम ३६ बमोजिम लोकसेवा आयोगको परामर्श एवं स्वीकृति अनुसार प्रतिष्ठानको कर्मचारीका सेवा सर्त र सुविधा सम्वन्धी नियमावली २०६९ मा संशोधन गरि तयार पारिएको संशोधित नियमालवी २०७६ पारित गरियोस् भन्ने प्रस्ताव ।

५.कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानद्धारा प्रस्तावित शैक्षिक कार्यक्रमहरु क्रमशः MBBS, MDGP, MD Orthopedics, MD in Anesthesiology, MD in Pediatrics, MD in Gynecology and Obstetrics, M.Sc in epidemiology, Bachelor in Nutrition and Dietetics, Bachelor in Pharmacy तथा अन्य कार्यक्रमहरु संचालनको लागि सहमति प्रदान 

६.कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको पाँचौ र छैटौं सभाबाट स्वीकृत गुरु योजना अनुसार विस्तृत परियोजना प्रतिवेदन सहितको वहुवर्षिय वजेट तथा योजना पारित

 ७.कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको ऐन २०६८ द्धारा निर्देशित जिल्लाहरु र छिमेकी जिल्लाहरुमा स्वास्थ्य सेवा र Health Professional Education सुदृढीकरण विस्तृत कार्ययोजना पारित गरियोस् भन्ने प्रस्ताव ।

८. कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले तयार गरेको सांगठनिक संरचना तथा दरबन्दी तेरिज पारित 

९. कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको आर्थिक प्रशासन नियमावली २०६९ अन्तर्गत भएको खरिद सम्वन्धी व्यवस्था नेपाल सरकारको सार्वजनिक खरिद ऐन २०६३ र सार्वजनिक खरिद नियमावली २०६४ (शंसोधन सहित) बमोजिम हुने व्यवस्था पारित 

१०.कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको ऐन २०६८ दफा १३ (२) बमोजिम रिक्त छनौट समितिको अध्यक्ष तथा तथा शिक्षकहरु मध्येबाट एक जना सदस्य नियुक्ति 

११.कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको ऐन २०६८ द्धारा निर्देशित जाजरकोट जिल्लामा सञ्चालन गरिएको Diploma in Pharmacy कार्यक्रमलाई ब्यवस्थित गर्न बनेको कार्यक्रम सञ्चालन निर्देशिका २०७६ अनुमोदन 

१२. कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको ऐन २०६८ लाई समयानुकुल परिमार्जन गर्नका लागि नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मार्फत प्रकृया सुरु     

 

बैठकमा प्रतिष्ठानका कुलपति समेत रहेका प्रधानमन्त्री केपी  शर्मा ओली, सहकुलपति स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाल, प्रतिष्ठानका उपकुलपति डा राजेन्द्र वाग्लेलगायतका प्रतिष्ठानका पदाधिकारीहरुको उपस्थित थिए ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान नेपालको अन्तरिम संबिधान २०६३ को धारा ८३ वमोजिमको व्यवस्थापिका संसद्को हैसियतमा संबिधान साभाले एउटा छुट्टै ऐन २०६८ साल कार्तिक ३ गतेका दिन पारित गरि स्थापना भएको हो । प्रतिष्ठानले हुम्ला, जुम्ला, कालिकोट, डोल्पा, मुगु, जाजरकोट, बझाङ, बाजुरा र अछाम जस्ता जिल्लाहरुमा  स्वास्थ्य  सेवा प्रदान गर्दै आएको छ ।

Thuprai - Books and E-books