Edusanjal +2 Scholarship 2022

मास्टर्स इन विजनेश एण्ड इकोनोमिक्स सुरु

Thuprai - Books and E-books

काठमाडौँ विश्वविद्यालय स्कुल अफ म्यानेजमेन्टले अन्तर्राष्ट्रियस्तरको नयाँ कार्यक्रम ‘मास्टर्स इन विजनेश एण्ड इकोनोमिक्स’को सुरुवात गरेको छ ।

ललितपुरमा आज आयोजित पत्रकार सम्मेलनमा विश्वविद्यालयका डीन प्रा देवी विडारीले अन्तर्राष्ट्रिय जगत्मा अर्थशास्त्र विधामा भएका नवीन खोज तथा अनुसन्धानलाई व्यवस्थापन र शिक्षासँग समायोजन गरी भविष्यमा मुलुकलाई चाहिने व्यापार–अर्थशास्त्रका विज्ञ उत्पादन गर्न उक्त कार्यक्रम प्रारम्भ गरिएको जानकारी दिए ।

नेपालमा पहिलोपटक उक्त कार्यक्रम सुरु गरिएको उल्लेख गर्दै उनले विश्वका अन्य मुलुकमा पनि उक्त कार्यक्रम सञ्चालन भइरहेको तथा ती मध्ये प्रतिष्ठित हार्वर्ड विश्वविद्यालय, लण्डन विश्वविद्यालय र दिल्ली विश्वविद्यालयमा अध्यापन भइरहेको जानकारी दिए ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका बैंक, वित्तीय संस्था, उद्योग–व्यवसाय तथा व्यापारिक निर्णयका लागि विश्लेषणात्मक क्षमतायुक्त जनशक्ति उत्पादनको लक्ष्यका साथ उक्त कार्यक्रम सुरु गरिएको उनले बताए ।

कूल ६६ क्रेडिटको दुईवर्ष अवधिको उक्त कार्यक्रम चार सेमेष्टरको हुने तथा अर्थशास्त्र, व्यवस्थापन, विज्ञान र इञ्जिनियरिङ सङ्कायमा स्नातक तहमा ५० प्रतिशत वा २.० जिपीएसहित उत्तीर्ण विद्यार्थी भर्नाका लागि योग्य हुने विडारीले बताए । उक्त कार्यक्रम पूरा गर्न रु. पाँच लाख ५० हजार लाग्ने स्कुलअफ म्यानेजमेन्टले जानकारी दियो ।