After SEE Portal

लुम्बिनी वाणिज्य क्याम्पसले अन्तर्राष्ट्रिय वेविनार आयोजना गर्दै

Bridge Course

पश्चिम नेपालकै ऐतिहासिक, औद्योगिक, व्यापारिक एवं पर्यटकीय नगर बुटवलमा व्यवस्थापन विषयमा उच्च शिक्षाको विकास गर्ने उद्देश्यले वि.सं. २०३८ सालमा आधिकारिक रुपमा स्थापित व्यवस्थापन शिक्षामा विशिष्टिकृत यस लुम्बिनी वाणिज्य क्याम्पसले प्रारम्भमा आई.कम., वि.कम. र एम. वि.एस.का कक्षाहरु संचालन गर्दै आएको थियो । क्याम्पसको शैक्षिक गुणस्तर अभिवृद्धि गर्नका लागि विश्वविद्यालय अनुदान आयोगबाट २०६८ सालमा गुणस्तर सुनिश्चतता तथा प्रत्यायन (QAA) प्राप्त गर्यो भने २०७५ सालमा पुनः दोश्रोपटक QAA प्राप्त गर्यो । त्रिभुवन विश्वविद्यालयवाट सम्बन्धन प्राप्त नेपालकै उत्कृष्ट समुदायमा आधारित यस क्याम्पसले २०७५ सालमा एक मात्र सर्वोत्कृष्ट क्याम्पसको रुपमा नेपाल सरकारवाट पुरस्कृत भयो भने वि.सं. २०७६ सालमा प्रदेश स्थापना दिवसको अवसरमा प्रदेश सरकार लुम्बिनी प्रदेश वाट प्रदेश प्रज्ञा पदक द्धितियबाट विभुषित भयो ।

त्रि.वि. परीक्षा नियन्त्रण कार्यालयवाट लिइने विभिन्न तहका परीक्षाहरुमा क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुले विभिन्न समयमा पटक–पटक वोर्ड प्रथम, वोर्ड द्धितीय, वोर्ड तृतीय र प्राय जसो दशौ सम्मको स्थान प्राप्त गर्दै आएका छन् भने यस क्याम्पसबाट उत्पादित जनशक्तिहरुले उद्योग, व्यापार, व्यवसाय, बैंक तथा वित्तिय संस्थाहरु, सरकारी तथा गैरसरकारी संस्थाहरुमा उल्लेखनीय र उत्कृष्ट कार्य गरी क्याम्पसको प्रतिष्ठा बढाईरहेका छन । यसकारण पनि लुम्बिनी वाणिज्य क्याम्पस नेपालकै एक उत्कृष्ट क्याम्पस हो भन्ने कुरामा दुई मत रहदैन । लुम्बिनी वाणिज्य क्याम्पसले विभिन्न शैक्षिक कार्यक्रमहरु स्वायत्तताको रुपमा समेत संचालन गर्र्दैै आएको छ । हाल यस क्याम्पसमा वि.वि.एस., वि.वि.एम., वि.वि.ए.–फाइनान्स एण्ड एकाउन्टिङ, एम.वि.एस., एम.वि.एस.–फाइनान्सएम.वि.ए.–बैकिङ एण्ड फाइनान्स जस्ता कार्यक्रमहरु संचालन भइरहेको छन भने वि.वि.एम. अप्लाईडवि.एम.एस.का कार्यक्रमहरु यसै शैक्षिक सत्रदेखि संचालनको क्रममा रहेको छ । साथै निकट भविष्यमै एम.एम.एस. र वि.एम.आईटीका कार्यक्रमहरु संचालनका लागि प्रस्तावित रुपमा अगाडि बढेका छन । हाल यस क्याम्पसमा कूल ४३७५ विद्यार्थीहरु माथि उल्लेखित विभिन्न शैक्षिक कार्यक्रमहरुमा अध्ययनरत छन् । यस क्याम्पसमा कूल प्राध्यापक सङ्ख्या ४८ जना र कर्मचारी सङ्ख्या २४ जना रहेका छन् । 

यस क्याम्पसले राष्ट्रिय तथा अन्र्तराष्ट्रिय विभिन्न विश्वविद्यालयहरु, शैक्षिक प्रतिष्ठानहरु, व्यवसायिक औद्योगिक एवं वित्तिय प्रतिष्ठानहरु तथा सरकारी र गैरसरकारी संघ संस्थाहरुसंग मिलेर शैक्षिक गुणस्तर अभिवृद्धि गर्नुका साथै विद्यार्थीहरुलाई रोजगारीको अवसर प्रदान गर्न MOU गर्दै आएको छ । क्याम्पसले आफुलाई नेपालका सबै सामुदायिक क्याम्पसहरुको कुशल मित्रताको रुपमा विकास गर्दै सहयोग आदानप्रदान गर्न सदा तत्पर रहदै आएको छ भने नेपालभरिका सामुदायिक क्याम्पस र प्राध्यापकहरुको छाता संगठन नेपाल पव्लिक क्याम्पस संघ र पव्लिक क्याम्पस प्राध्यापक संघ, नेपालको नेतृत्वदायि भुमिका निर्वाह गर्दै आएको छ । जसले गर्दा लुम्बिनी वाणिज्य क्याम्पसले नेपालका समग्र सामुदायिक क्याम्पसहरुको अभिभावकत्वको भुमिकामा रहने अवसर समेत प्राप्त गरिरहेको छ । क्याम्पसले निकट भविष्यमा आफुलाई मानित विश्वविद्यालयको रुपमा रुपान्तरण गर्ने लक्ष्यका साथ शैक्षिक गुणस्तर अभिवृद्धिका वृहत योजनाहरु अगाडि बढाउदै भौतिक पुर्वाधार निर्माणमा जुटिरहेको छ र यसका लागि उच्च दक्ष जनशक्तिको आवश्यकता पनि पर्ने भएकोले सो जनशक्ति अनुसन्धान क्षेत्रमा दक्ष हुनु उत्तिकै जरुरी छ भन्ने मान्यतामा रहेर क्याम्पसले अनुसन्धानमुलक गतिविधि नियमित रुपमा गर्दै आएको छ । 

क्याम्पसमा कार्यरत प्राध्यापकहरुको विषयगत आधारमा विभागिकरण गरी जिम्मेवारी दिई कार्यक्षमता, अनुभव र कार्यशैलीमा विकास गर्ने कार्यलाई प्राथमिकताका साथ कार्यान्वयनमा ल्याइएको छ । साथै प्राध्यापकहरुको कार्यक्षमताको विकास तथा अनुसन्धानको क्षेत्रमा क्षमता अभिवृद्धि गर्नका लागि इच्छुक प्राध्यापकहरुलाई एम.फिल. र पिएच.डी.का लागि तलवी अध्ययन विदाको समेत प्रत्येक वर्ष दुई/दुई जनाका दरले व्यवस्था गरिएको छ । वदलिदो परिस्थिति अनुसार व्यवस्थापकीय जनशक्ति र क्षमतामा पनि परिस्थितिजन्य परिवर्तन आवश्यक ठानी वजारको आवश्यकता अनुसारको व्यवस्थापकीय जनशक्ति तयार गर्न हालको पाठ्यक्रम, शिक्षण पद्धति तथा मुल्याङ्कन विधि समेतलाई समेटी व्यवस्थापन प्रणालीको पुनर्परिभाषित गर्नु पर्ने कुरालाई मनन् गर्दै क्याम्पसले सन २०१८ मा यस क्षेत्रमै पहिलो पटक "Redefining Management Education in Nepal" प्रकरण  (Theme) मा दुई दिने अन्र्तराष्ट्रिय स्तरको अनुसन्धानमुलक सेमिनार ऐतिहासिक रुपमा आयोजना गरी २५० भन्दा बढि अनुसन्धानकर्ताहरुको सहभागितामा सम्पन्न गरेको थियो भने यस वर्ष दोश्रोपटक International Conference गर्ने जमर्कोका साथ हामी  जुटिरहेका थियौ तर विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको महामारी (कोभिड–१९)का कारण प्रत्यक्ष रुपमा सम्भव नदेखिएपछि अनलाईनको माध्यमवाट भएपनि निरन्तरता कायम राख्नुपर्छ भन्ने अठोटका साथ "International Webinar on Recent Developments in Business, Management & Social Sciences", "Spreading Globally" प्रज्ञानम् ब्रह्म –०२ को आयोजना गरी हामी तयारीको अन्तिम समयमा आइपुगेका छौ ।

यही २०७७ मंसिर १९ गते शुक्रबार (तद्नुसार डिसेम्बर ४, २०२०) का दिन बिहान ८.०० बजे नेपाल सरकारका माननीय अर्थमन्त्री श्री विष्णुप्रसाद पौडेलज्यूबाट Virtually ZOOM को माध्यमवाट उद्घाटन हुने छ । यस अवसरमा लुम्बिनी प्रदेशका मुख्य मन्त्री माननीय शंकर पोखरेल, विश्वविद्यालय अनुदान आयोग नेपालका अध्यक्ष प्रा.डा. भिम प्रसाद सुवेदी, सरदार पटेल विश्वविद्यालय, गुजरात भारतका उपकुलपति प्रा.डा. शिरिष आर कुलकर्नी, लुम्बिनी प्रदेशका माननीय मन्त्रीहरु, त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा. धर्मकान्त वास्कोटा, शिक्षाध्यक्ष प्रा.डा. शिवलाल भुसाल, रजिष्ट्रार प्रा.डा. पेशल दाहाल  लगायत विशिष्ट अतिथिको रुपमा सहभागी हुनुहुने कुरा तय भएको छ । यस अन्र्तराष्ट्रिय वेविनारमा  अन्र्तराष्ट्रियस्तरका विभिन्न विश्वविद्यालयका पदाधिकारीहरु, वरिष्ठ प्राध्यापकहरु, अनुसन्धानकर्ताहरुको समेत सहभागिता रहने कुरा जानकारी गराउन चाहान्छौ ।  लुम्बिनी वाणिज्य क्याम्पस अनुसन्धान तथा विकास विभागद्धारा आयोजित यस अन्र्तराष्ट्रिय वेविनारमा विश्वविद्यालय अनुदान आयोग नेपाल र त्रि.वि. व्यवस्थापन संकायले सहयोग पुर्याएको छ भने डिजिटल सपोर्टमा नेपाल रिर्सच एण्ड एजुकेशन नेटवर्कले प्रत्यक्ष रुपमा सहयोग पुर्याएको छ ।

यो अन्र्तराष्ट्रिय वेविनारका प्रमुख उद्देश्यहरु निम्नानुसार छन् :

  • १. नवीनतम अनुसन्धान कौशलताको विकास गर्ने ।
  • २. विश्वव्यापी रूपमा सामाजिक विज्ञानमा भएका नवीनतम अनुसन्धानबाट आएका निष्कर्शहरुलाई प्रशारण तथा अवलम्बन गर्ने ।
  • ३. अनुसन्धानकर्ताहरुका लागि अनुसन्धानको क्षेत्रमा आधुनिक आधार निर्माण गर्ने । 

अन्र्तराष्ट्रिय वेविनारका विषयगत क्षेत्रहरु व्यवस्थापन, उद्योग, वाणिज्य, अर्थशास्त्र, शिक्षा तथा मनोविज्ञान क्षेत्र, लेखा तथा वित्तशास्त्र, सूचना प्रविधिका विषयगत विज्ञहरु अनुसन्धानकर्ता र विद्यार्थीहरुले आआफ्नो अनुसन्धान लेखहरु प्रस्तुत हुनेछन् भने अन्य सहभागीहरुले यस वेविनारवाट भरपुर लाभ लिनुहुने छ । यस वेविनारमा ९ देशहरुवाट ३० वटा अनुसन्धान लेखहरु प्रस्तुत हुनेछन् । यस वेविनारको व्यवस्थित प्रस्तुतीकरणका लागि IT स्टुडियो तयार गरिएको छ भने करिव १५०० भन्दा बढीको सहभागिता रहने अपेक्षा गरिएको छ ।

Key Note Speakers

  • १. प्रा.डा. डिल्लीराज शर्मा, डीन, व्यवस्थापन संकाय, त्रिभुवन विश्वविद्यालय, नेपाल 
  • २. प्रा.डा. योगेस सी. जोशी, भु.पु. डीन, व्यवस्थापन संकाय, सरदार पटेल विश्वविद्यालय, भारत
  • ३. डा. शौमेन्द्र कुमार दास, अफ्रिकन डेभलपमेण्ट बैंक नर्थ अफ्रिका, आइभोरी कोष्ट
  • ४. डा. इनेस चैव,युनिर्भसिटि अफ जेनेभा एण्ड स्वीस फाइनान्स इस्टीच्युट, स्वीजरल्याण्ड
  • ५. प्रा.डा. अब्डेल्लातिफ बौआज्जा, मोहम्मद भी युनिर्भसिटि अफ रोवाट, मोरक्को 
  • ६. डा. मान बहादुर बी.के., प्रमुख सचिव प्रदेश सरकार बाग्मती प्रदेश

Session Chair, Main Track

  • १. प्रा.डा. शिवलाल भुसाल, शिक्षाध्यक्ष, त्रिभुवन विश्वविद्यालय, नेपाल (Key Note Session)
  • २. प्रा.डा. मन प्रसाद वाग्ले, भू.पु. डीन, शिक्षा संकाय, काठमाण्डौं विश्वविद्यालय, नेपाल (Track: Psychology, Sociology & Education)
  • ३. प्रा.डा. योगेस सी. जोशी, भु.पु. डीन, व्यवस्थापन संकाय, सरदार पटेल विश्वविद्यालय, गुजरात, भारत (Track: Economics & Statistics)
  • ४. प्रा.डा. राजन बहादुर पौडेल, व्यवस्थापन संकाय, त्रिभुवन विश्वविद्यालय, नेपाल (Track: Finance & Accounting)
  • ५. प्रा.डा. महानन्द चालिसे, डाइरेक्टर, स्कुल अफ म्यानेजमेण्ट, त्रिभुवन विश्वविद्यालय, नेपाल (Track: General Management & IT)
A Levels MA
Thuprai - Books and E-books