लर्ड बुद्ध एजुकेसन फाउण्डेसनद्वारा ५ जना सतप्रतिशत छात्रवृत्ति घोषणा

 

लर्डबुद्ध एजुकेसन फाउण्डेसन (एलबीईएफ क्याम्पस) आफ्नो स्थापनाको २४ औं बर्षमा प्रवेश गरेको उपलक्ष्यमा पाँच जना विद्यार्थीलाई सतप्रतिशत छात्रवृत्ति प्रदान गर्ने भएको छ ।

काठमाडौंको मैतिदेवीमा अवस्थित क्याम्पसले संस्थापक स्व. परमानन्द केजरिवालको स्मृतिमा ५ जना विद्यार्थीका लागि स्नाकोत्तर तहमा शतप्रतिशत छात्रवृत्ति उपलब्ध गराउने घोषणा गरेको हो ।

‘फाउण्डेसन छात्रवृत्ति’को नामबाट बार्षिक पाँच जनालाई सतप्रतिशत छात्रवृत्ति प्रदान गरिने अध्यक्ष पंकज जालानले घोषणा समेत गरे ।

बार्षिकोत्सवमा संस्थाको नयाँ लोगो समेत अनावरण गरिएको अध्यक्ष जानालाले जानकारी दिए । हाल मलेसियाको एसियन प्यासिफिक युनिभर्सिटीबाट सम्बन्धन प्राप्त क्यम्पसले सूचना प्रविधि र व्यवस्थापन विषयमा उच्च शिक्षा प्रदान गर्दै आएको छ ।

संस्थाका प्रमुख सल्लाकार महेन्द्र सिंह राजपुतले उक्त अवसरमा संस्थाले प्रविधि तथा व्यवस्थापन विषयमा विगतमा करिव १० हजार विद्यार्थीलाई दिक्षित गरिसकेको उल्लेख गर्दै भावी दिनमा पनि यो सेवा निरन्तर रहन सबैको सरसहयोग आवश्यक रहेको बताए ।

कार्यक्रममा संंस्थाका कार्यकारी निर्देशक प्रकाश कुमार केजरिवालले संस्थामा कार्यरत सम्पूर्ण शिक्षक, कर्मचारी र विद्यार्थीलगायतलाई धन्यवाद ज्ञापन गरेका थिए ।

Thuprai - Books and E-books