A Levels MA

धौलागिरि क्याम्पसमा आंशिक प्राध्यापकको तालाबन्दी

पेशागत सुरक्षाको माग गर्दै धौलागिरि बहुमुखी क्याम्पसका आंशिक प्राध्यापकले क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी गरेका छन् ।

बिहान ११ बजे प्रमुखको कक्षमा पुगेका उनीहरुले त्रिभुवन विश्वविद्यालयको ध्यानाकर्षण गराउन भन्दै ताला लगाएका हुन् । आंशिक प्राध्यापकको पेशागत हित र सुरक्षाको माग गर्दै लामो समयदेखि गरेको आन्दोलनप्रति त्रिवि गम्भीर नबनेकोसमेत आरोप लगाइएको छ ।

श्रमिकको सन्तुष्टिले संस्थाप्रति जिम्मेवार, जवाफदेहिता र सिर्जनशीलता बढाउने भन्दै उनीहरुले श्रमिकलाई काममा लगाएर पारिश्रमिक नदिने, आफैँले कानून बनाएर लागू नगर्नेलगायतको कामले आंशिक प्राध्यापकको धैर्य टुटेको बताएका छन् ।

तालाबन्दीप्रति सङ्घको केन्द्रीय समिति, मोफसल समिति र पेशागत अन्य सङ्गठनले पनि ऐक्यबद्धता जनाएका छन् । सङ्घका अध्यक्ष विष्णुप्रसाद चापागाईं, उपाध्यक्ष श्यामप्रसाद शर्मा र सचिव सरोजराज पन्तले हस्ताक्षर गरेको विज्ञप्तिमा उपकुलपतिको कार्यालय, शिक्षाध्यक्ष, रजिस्ट्रार लगायतलाई बोधार्थ पनि दिइएको छ ।

तालबन्दीबारे उनीहरुले त्रिवि प्राध्यापक सङ्घ, प्रजातन्त्रवादी प्राध्यापक सङ्घ, प्रगतिशील प्राध्यापक सङ्घ, राष्ट्रिय प्राध्यापक सङ्घ र स्वतन्त्र विद्यार्थी युनियनलाई पनि जानकारी दिएका छन् ।

Thuprai - Books and E-books