A Levels MA

त्रिविमा ताला, तालाबन्दीको निन्दा

त्रिभुवन विश्वविद्यालयमा आज दिउँसो तालाबन्दी गरिएको छ । दिउसो पदाधिकारी भेट्न आएका  केही विद्यार्थीले कार्यालयमा तालाबन्दी गर्नुका  साथै उपकुलपतिको कार्यकक्षमा  आक्रमण गरेका छन् ।

नेपाल विद्यार्थी सङ्घका नाममा पदाधिकारीलाई भेट्न आएका केही विद्यार्थीले अनायास कार्यालयमा तालबन्दी र उपकुलपतिको कुर्सी जलाउने कार्य गरेको जनाउँदै त्रिविले उक्त घटनाप्रति खेद व्यक्त गरेको छ ।

बन्दाबन्दीका समयमा पनि विद्यार्थीको पठनपाठन र शैक्षिक माग सम्बोधन गर्न विश्वविद्यालय सकारात्मक रहेको स्थितिमा यस्तो कार्य भएकामा त्रिविको गम्भीर ध्यानार्कण भएको जनाएको हो ।

त्रिविका प्रवक्ता सूर्यप्रसाद अधिकारीले आज जारी गर्नुभएको विज्ञप्तिमा वार्ता र संवादका माध्यमबाट हरेक समस्याको समाधान गर्न त्रिवि विश्वस्त रहेको उल्लेख गर्दै त्यस प्रकारका अराजक गतिविधिले विश्वविद्यालयको गरिमामा गम्भीर क्षति हुनसक्ने भएकाले यस्ता गल्ती पुनः दोहोर्याउन पनि आग्रह गरिएको छ ।

Thuprai - Books and E-books