After SEE Portal

परीक्षा नियन्त्रण कार्यालयमा ताला

Bridge Course

परीक्षा नियन्त्रण कार्यालय विगतमा परीक्षा केन्द्रहरू निर्धारण गर्दा कहाँ कहाँ के कस्तो कमी कमजोरी भएको छ र यसबाट परीक्षार्थीहरूमा के कस्तो समस्या पर्न गएको छ आदिका बारेमा विस्तृत अध्ययन गरी अबका दिनमा वैज्ञानिक पद्धति अवलम्वन गरेर यथासम्भव परीक्षार्थीलाई पायक पर्ने परीक्षा केन्द्र निर्धारण गर्नेतर्फ परीक्षा नियन्त्रण कार्यालय अग्रसर हुनेछ

अनेरास्ववियुले त्रिभुवन विश्वविद्यालयको परीक्षा नियन्त्रण कार्यालयमा ताला लगाएको छ । परीक्षा केन्द्र टाढा राखेर विद्यार्थीलाई दुःख दिन खोजेको भन्दै ताला लगाएका हुन् ।

आगामी चैत १२ देखि सञ्चालन हुने स्नातक तह चौथो वर्षको परीक्षा केन्द्र जिलान्तर गरेको भन्दै ताला लगाएको छ ।

एक ज्ञापन पत्र जारी गर्दै, ‘अनेरास्ववियुले स्ववियु निर्वाचनको परिणामबाट अत्तालिएर परीक्षा नियन्त्रण कार्यालयले चैत १२ गतेदेखि सुरु हुन गइरहेको स्नातक तह चौथो वर्षको परीक्षा केन्द्र विद्यार्थीलाई दुख दिने अभिप्रायले धेरै टाढा राखिएको प्रति अनेरास्ववियु गम्भिर ध्यनाकार्षण भएको छ’ भनेको छ ।

यस विषयमा त्रिवि जिल्ला कमिटीले पटकपटक ध्यानाकर्षण गर्दा पनि बेवास्ता गरिएको हुँदा दबाब स्वरूप तालाबन्दी गरिएको र माग पुरा नभएसम्म ताला नखुल्ने ज्ञापनपत्रमा उल्लेख छ ।

परीक्षा नियन्त्रण कार्यालयले परीक्षा सञ्चालनका लागि परीक्षा केन्द्र निर्धारण गर्दा विद्यार्थी संख्यालाई आधार बनाईएको जनाएको छ ।  कोभिड - १९ को समयमा दिइएका केही परीक्षा केन्द्रहरूमा हाल परीक्षा केन्द्र नराखिएको, विश्वविद्यालयको नीति एवम् आर्थिक भार समेत न्यूनीकरण गर्ने उद्देश्यले केन्द्र निर्धारण गरिएको परीक्षा नियन्त्रकपुष्प राज जोशीले बताए ।  

‘लामो समयदेखि स्थगित परीक्षा संचालन गरी तत्कालै ठूलो परीक्षाको तयारी गर्नुपर्ने अवस्था छ त्यसैले सबै परीक्षार्थीले आ–आफ्नो केन्द्रमा गएर परीक्षा दिन अनुरोध छ ।’ उनले भने, ‘कतैकतै परीक्षा केन्द्रको विषयलाई लिएर विरोध आउनु दुखद छ तर परीक्षा नियन्त्रण कार्यालय विगतमा परीक्षा केन्द्रहरू निर्धारण गर्दा कहाँ कहाँ के कस्तो कमी कमजोरी भएको छ र यसबाट परीक्षार्थीहरूमा के कस्तो समस्या पर्न गएको छ आदिका बारेमा विस्तृत अध्ययन गरी अबका दिनमा वैज्ञानिक पद्धति अवलम्वन गरेर यथासम्भव परीक्षार्थीलाई पायक पर्ने परीक्षा केन्द्र निर्धारण गर्नेतर्फ परीक्षा नियन्त्रण कार्यालय अग्रसर हुनेछ।’

A Levels MA
Thuprai - Books and E-books