After SEE Portal

६ लाख बढी अतिरिक्त शुल्क लिने मेडिकल कलेजमा ताला

Bridge Course

पोखराको मणिपाल कलेज अफ मेडिकल साइन्सले विद्यार्थीसंग विभिन्न शीर्षकमा तोकिएभन्दा ६ लाख रुपियाँ बढी शुल्क असुलेको पाइएको छ । कलेजले विद्यार्थीसंग तोकिएको भन्दा बढी रुपियाँ ठगिगर्दै आएको पाइएको हो ।

कलेजले लामो समयदेखि विद्यार्थी तथा अभिभावकलाई ठगी गर्दै आएको भन्दै आज विद्यार्थी तथा अभिभावकले कलेजमा ताला लगाइदिएका छन् ।

चिकित्सा शिक्षा आयोगले तोकेको भन्दा झण्डै६ लाख रुपियाँ बढी अतिरिक्त शुल्क लिएको प्रति पीडित पक्षको ध्यानाकर्षण भएको भन्दै अभिभावक तथा विद्यार्थीले आज ताला लगाइदिएका हुन् ।

स्वास्थ्य शिक्षा जस्तो संवेदनशिल क्षेत्रलाई ठगिखाने तथा चरम गैरकानुनी लुटलाई रोकी विभिन्न शीर्षकमा लिएको शुल्क तुरुन्त फिर्ता गर्न विद्यार्थी तथा अभिभावकले कलेज सञ्चालकलाई चेतावनी दिएका छन् ।

अभिभावक तथा ‘विद्यार्थीले संयुक्त रुपमा आज प्रकाशन गरेको विज्ञप्तिमा ‘विद्यार्थी हेरी मोलमोलाई गरी शुल्क लिने र विद्यार्थीलाई बाध्य बनाई आफ्नै आवासमा बस्न लगाउने क्रियाकलापप्रति हामी आक्रोशित भएका छौं’ भनिएको छ ।

विज्ञप्तिमा आफ्ना माग तुरुन्त सम्बोधन नगरिए अभिभावक तथा विद्यार्थी सशक्त आन्दोलन गर्न बाध्य हुने चेतावनी समेत दिइएको छ ।

चिकित्सा शिक्षा आयोगले भने विभिन्न कलेजबाट विद्यार्थीले बढी शुल्क लिएको गुनासो गरेको बताएको छ ।

गुनासोहरु सुन्दा शिक्षण शुल्क बाहेकका शीर्षकमा विद्यार्थीहरु ठगिएको पाइएको भन्दै आयोगका सूचना अधिकारी सेमन्तराज कोइरालाले भने, ‘हामीले शिक्षण शुल्क तोकेका छौं । त्यो भन्दा बाहेक होस्टल, खाना बस्नको लागि हामीले तोक्न मिल्दैन । त्यहीँ विद्यार्थी ठगिएका छन् भन्ने हाम्रो पनि बुझाइ छ ।’

विद्यार्थी, अभिभावकले ठगिएको विषयमा सम्बन्धित निकायलाई उजुरी दिन सक्ने भन्दै सूचना अधिकारी कोइरालाले भने, ‘हामी पनि आवश्यक निर्णय गर्छौं । सबैको साथ र सहयोग भयो भने विद्यार्थीलाई ठगी हुनबाट जोगाउन सक्छौं

A Levels MA
Thuprai - Books and E-books