After SEE Portal

खुला विश्वविद्यालयबाट एलएलबी उत्तीर्णले लाइसेन्स परीक्षा दिन पाएनन्

Bridge Course

नेपाल खुला विश्वविद्यालयका १५० जना विद्यार्थी अधिवक्ता लाइसेन्स परीक्षा दिनबाट बञ्चित भएका छन् । कानुन व्यवसायी परिषद्ले लिने सो परीक्षा दिनबाट एलएलबी उत्तीर्ण भएका १५० जनाभन्दा बढि विद्यार्थी बञ्चित भएका हुन् ।

निर्धारित मापदण्ड अनुसार विश्वविद्यालयले एलएलबी कार्यक्रमको पाठ्यभारसँगै मापदण्ड पुरा नगरेको हुँदा परीक्षामा सामेल गराउन नमिल्ने परिषद्ले जानकारी दियो ।

खुला विश्वविद्यालयले २०७५ सालबाट तीनवर्षे एलएलबी कार्यक्रम सञ्चालन गर्दै आएको छ । इन्टरनेटका माध्यमबाट सञ्चालन गरिने सबै कक्षा मापदण्डअनुसारको पाठ्यक्रम तयार गरी पठनपाठन गरेको भएपनि मापदण्ड नपुगेको भन्दै परिषद्ले लाइसेन्स परीक्षामा सहभागी हुन नदिएको विश्वविद्यालयका उपकुलपति शिलु मानन्धर वज्राचार्यको गुनासो छ । ‘हाम्रो तीनवर्षे एलएलबी कार्यक्रममा सफल भएका विद्यार्थीलाई नेपाल बार काउन्सिलको परीक्षामा सहभागी हुन वञ्चित गरिएको छ ।’ उनी भन्छिन्, ‘हाम्रा विद्यार्थीलाई लाइसेन्स परीक्षामा बञ्चित गराइएको छ, हामीले परिषदले निर्धारण गरेअनुसार नै पाठ्यक्रममा संशोधन गरी मापदण्ड पुर्याएर पठनपाठन गराइरहेका छौं ।’

परिषद्ले नेपाल कानून व्यवसायी परिषद् ऐन, २०५० को दफा ५, तथा परिषद्को पाठ्यक्रम तथा परीक्षा सञ्चालन नियमावली, २०७९ को नियम ४ (१) बमोजिमको पाठ्यक्रम अनुसार अधिवक्ताको ३१ औं परीक्षा आगामी मंसिर २२ र २३ गते सञ्चालन गर्दै छ ।

परीक्षा समितिको निर्णयानुसार उक्त परीक्षामा संविधान र कानून विषयको बहुवैकल्पिक प्रश्न १०० पूर्णाङ्क तथा मस्यौदा लेखन र अनुवाद १०० पूर्णाङ्क गरी २०० पूर्णाङ्कको लिखित परीक्षा सञ्चालन गर्दै छ । परिवर्तित पाठ्यक्रम तथा परीक्षा प्रणाली समेत परीक्षार्थीहरुको लागि नयाँ भएको परिषद्ले जानकारी दियो ।

लाइसेन्स परीक्षामा नै सहभागी हुन नपाएपछि आफ्नो भविष्य अन्योलतातर्फ धकेलिएको विद्यार्थीको आरोप छ ।

A Levels MA