After SEE Portal

सामूहिक छलफलबाट पुस्तकालयको प्रभावकारी व्यवस्थापन गर्न सकिनेः सभामुख सापकोटा

Bridge Course

सभामुख अग्निप्रसाद सापकोटाले सामुहिक छलफलबाट पुस्तकालयको प्रभावकारी व्यवस्थापन गर्न सकिनेमा जोड दिएका छन् ।

आज संघीय संसद सचिवालयमा रहेको पुस्तकालयको निरीक्षणका क्रममा सभामुख सापकोटाले सानो ठाउँमा पनि कसरी प्रभावकारी व्यवस्थापन गर्न सकिन्छ भनेर सामुहिक छलफल गर्न सुझाएका हुन् ।

उनले पुस्तकालय व्यवस्थापनका लागि आफ्नो र संसद सचिवालयको तर्फबाट आवश्यक सहयोग रहर्ने प्रतिवद्धता समेत व्यक्त गरे ।

सो अवसरमा सभामुख सापकोटाले पुस्तक पुज्नुपर्छ भनेर सिकाइएको संस्कारभित्र गहन अर्थ रहेको बताए । ‘संस्कार कस्तो बसाल्ने भन्ने महत्वपूर्ण हुन्छ, पुस्तकलाई पुज्नुपर्छ भनेर सिकाइएको अर्थ धेरै गहन हुन्छ ।’ उनले भने, ‘नयाँनयाँ प्रविधिको विकास भएपनि पुस्तकालयमा बसेर पढ्नुको मज्जा बेग्लै हुन्छ ।’

A Levels MA