ललितपुर उद्योग वाणिज्य सङ्घद्वारा छात्रवृत्ति वितरण

ललितपुर उद्योग वाणिज्य सङ्घले वार्षिक रुपमा सरकारी विद्यालयका जेहेन्दार विद्यार्थीलाई प्रदान गरिँदै आएको छात्रवृत्ति आज वितरण गरेको छ ।

छात्रवृत्ति पाउनेमा विश्वामित्र गणेश मावि लुभु ज्यामिरकोट, फुुल्चोकी उमावि ठैव, महेन्द्र उमावि, ठूला दुर्लुङ, मगरगाउँ उमावि शंखु, कालिदेवी उमावि प्युटार, किटिनी उमावि किटिनी, सिद्धिमङ्गल मावि सिद्धिपुर, गणेश मावि डुकुछाप, धुसेल मावि धुसेल, प्रभात मावि त्यागल, महाकालीदेवी मावि भट्टेडाँडा, महाङ्काल उमावि गोटिखेललगायत विद्यालयका छात्रछात्रा रहेका छन् । सङ्घका संस्थापक स्वर्गीय बेखानाथ छात्रवृत्ति पाटन संयुक्त क्यापसमा एमबीएसमा अध्ययनरत प्रशंसा नेम्कुललाई प्रदान गरिएको छ ।

कार्यक्रममा सङ्घका अध्यक्ष कृष्णलाल महर्जनले सङ्घले आफ्नो सामाजिक दायित्व निर्वाह गर्ने क्रममा शैक्षिक क्षेत्रको विकासका लागि सानो लगानी भए पनि आगामी दिनमा अझै बढाइने बताउनुभयो । व्यावसायिक उत्तरदायित्व तथा छात्रवृत्ति समितिका संयोजक राजेन्द्रकुमार श्रेष्ठले पुरस्कृत विद्यार्थीले यसलाई उत्प्रेरणाको स्रोतका रुपमा ग्रहण गरी भविष्यमा आफ्नो शैक्षिकस्तर अझ उकास्नुपर्नेमा जोड दिनुभयो ।

Degrees offered in nepal
Counseling
Bachelors Portal