२१ वर्ष अघि स्थापना भएको नेपालको पहिलो आइ.टी कलेज, ‘लर्ड बुद्ध एजुकेसन फाउण्डेसन’ । मैतिदेवि मन्दीर नजिकै रहेको फाउण्डेसनले यो अवधिमा आठ हजार विद्यार्थी उत्पादन गरीसकेको छ । सफ्टवेयर डेभलोपर, वेवसाइड डिजाइनर, सिस्टम एनालाइस्टका रुपमा यहाँ उत्पादीत जनशक्ती बजारमा सजिलै विकीरहेको कलेजको दावि छ ।
कलेजका प्रवन्ध निर्देशक प्रकाश कुमार भन्छन्, ‘उत्पादन भएका जनशक्तिहरु आइ.टी सेक्टरमा व्यस्त छन्, केहि बैकिंङ क्षेत्रमा पनि छन् । केहि बाह्य देशमा पनि आफ्नो पहिचान वनाइरहेका छन् ।’
कलेजले सन् २०१५ मा एसिया प्यासीफिक यूनिभर्सीटी अफ टेक्नोलोजी एण्ड इन्नोभेसन मलेसीयावाट सम्वन्धन लिएको हो । कलेजमा हाल वि.एस्सी.आइ.टी, बि.बि.एम, एम.वि.ए, एम.एस्सी आइ.टी.एमको कोर्स पढाइ भइरहेको छ ।
कसरी स्थापना भयो त कलेज सन् १९९८ मा प्राध्यापक पी केजरीवालले कलेजको स्थापना गरेका हुन् । नेपालमा आइ.टी कलेजको अभाब खड्कीरहेको बेला एम.सी.आर.पी विश्वविद्यालय भुपाल र पछि सिक्कीम मणीपाल विश्वविद्यालयले तयार पारेको पाठ्यक्रमका आधारमा पढाइ हुन थाल्यो, त्यसैलेपनि ‘लर्ड बुद्ध एजुकेसन फाउण्डेसन’ लाई नेपालको पहिलो वि.सी.ए कक्षा सुरु भएको कलेजका रुपमा लिइन्छ ।
किन रोज्ने ‘लर्ड वुद्ध एजुकेसन फाउण्डेसन’ ?यहाँ संकाय अनुसार पूर्णकालीन शिक्षकको व्यवस्था गरीएको छ । यस्तै, कलेजमा अनलाइन लाईव्रेरी राखिएको छ । कलेजका अनुसार स्नातक तह दोस्रो वर्षपछि १२ हप्ता अनिवार्य इन्टर्नसिपको व्यवस्था गरीएको छ । परिमार्जीत पाठ्यक्रम र प्रोजेक्ट बेस अध्यापन हुने भएकाले यो कलेज रोजाइमा परेको विद्यार्थीहरु बताउँछन् । पढाइ सूरु भएदेखि कम्तीमा ५० वटा एडभान्सड अनलाईन ट्रेनिङ उपलव्ध गराइने कलेजले जनाएको छ ।
स्नातक तहमा आइ.टी पढ्न के छ प्रावधान ?
हाल कलेजमा तीन सय विद्यार्थीहरु अध्ययनरत छन् । कम्तीमा कक्षा १० को परिक्षामा ५० प्रतिशत ल्याउनुपर्छ । यस्तै, कक्षा १२ मा कम्तिमा ‘डी प्लस’ लिएको हुनुपर्ने प्रावधान छ । अंग्रेजि राम्रो भएको विद्यार्थीले सजिलैसंग पढ्न सक्ने कलेजले जनाएको छ ।
विपन्न विद्यार्थीलाई पूर्ण छात्रवृत्तिसन् २०१८ देखि क्यान संगको सहकार्यमा कलेजले सामाजिक उत्तरदायित्व अभियान अन्तर्गत सात जना विद्यार्थीहरुलाई निशुल्क पढाईरहेको छ । आई.टी क्षेत्रमा महिलाको उपस्थिती कम भएपछि कलेजले प्रत्येक प्रदेशस्तरका एक÷एक जना गरी सात जनालाई निशुल्क पढाउँदै आएको छ । सन् २०१८ मा एक करोड ७३ लाख रुपैंया ती विद्यार्थीहरुका लागि कलेजले खर्चिएको छ । पूर्ण छात्रबृत्तिको नाम ‘नेसनल आइ.सी.टी स्कलरसिप’ राखिएको छ । सुरुमा जिल्लास्तरीय, राज्यस्तरीय हुँदै क्यानले विद्यार्थिहरुको नाम छनौट गर्ने र छनौट भएका विद्यार्थीहरुलाई अध्यापन गराइदैं आएको कलेजको दावि छ । हाल सन् २०१९ का लागि फर्म खुलिसकेको छ । त्यसका लागि कलेजको वेव साइड मार्फत् अनलाइन अप्लाइ गर्ने क्यानले आफूहरुलाई छनौट भएका विद्यार्थीहरुको नाम दिदैं आएको कलेजले जनाएको छ । यस्तै, कलेजले ४२ जनालाई बिएस्सीआइटीमा छात्र छात्रा दुवैलाई पार्सीयल छात्रबृत्तिको व्यवस्था गरेको छ ।
निजी विश्वविद्यालय खोल्ने लक्ष्य आइ.टी जगतलाई थप उचाइमा ल्याउन कलेजले निजी विश्वविद्यालय सञ्चालनमा ल्याउने लक्ष्य राखेको छ । सरकारले आवश्यक सहयोग गरे र निजी तर्फबाट विश्वविद्यालय खोल्ने अनुमति पाए भविश्यमा आफ्नै विश्वविद्यालय सञ्चालनमा ल्याइने कलेजले जनाएको छ । यस्तै, आइटी र व्यवस्थापन संकायका थप कार्यक्रम सञ्चालनमा ल्याउने कलेजको योजना छ ।
पूर्ण छात्रबृत्तिमा पढिरहेका छात्रा के भन्छन् प्रतिमा विष्ट, सुनसरी मेरो लक्ष्य उद्यमी वन्ने हो । कलेजमा निशुल्क पढाउने भनेर क्यानले गोरखापत्रमा सूचना निकालेको रहेछ । त्यसपछि फर्म अप्लाइ गरेको थिए । मलाई काठमाडौं बोलाउनुभयो, अन्तर्वार्तामा उत्तिर्ण भए ।
यहाँको पढाइ धेरै नै राम्रो छ । कक्षा १२ व्यवस्थापन संकायबाट उत्तिर्ण गरेको हुँ । डिजिटल वेयबाट समस्याको हल हुन्छ । टीम वर्कबाट सीक्न पाइन्छ । प्रोजेक्ट वर्क पनि हुन्छ ।
मनिषा रेग्मी, बुटवल कक्षा १२ बिज्ञान संकाय लिएर उत्तिर्ण गरेको हुँ । मेरो लक्ष्य भनेको सफ्टवेयर डेभलोपर वन्ने र नासामा काम गर्ने छ । यहाँ फरक फरक टुल्सबाट प्रयाक्टीकल्ली पढाई हुन्छ । प्रत्येक हप्तामा हामिहरुको टेष्ट हुन्छ ।
हाम्रो कक्षा बिहान साढे ६ देखि ११ बजेसम्म हुन्छ । अहिले बिएस्सीआइटी दोस्रो सेमेष्टरमा पढिरहेको छुँ ।
पल्लवी शाह, बाँराम पनि कक्षा १२ उत्तिर्ण बिज्ञान शंकायबाटै गरेको हुँ । प्रोग्रामर बन्ने उद्धेश्य लिएर अघि बढिरहेको छुँ । यहाँको पढाई एकदमै राम्रो छ । हामीलाई सरहरुले नेतृत्व विकास, व्यक्तित्व विकासका कुराहरु प्नि सिकाउनुहुन्छ ।
यस्तै, समय समयमा वर्क सप पनि हुन्छ । हाम्रो समस्यालाई पह्चिान गरेर सरहरुले अध्यापन गराउनुहुन्छ ।