After SEE Portal

लुम्बिनी वाणिज्य क्याम्पसमा संचालित स्वायत्त कार्यक्रमहरुको सत्रान्त परीक्षा सुरु

Bridge Course

कार्तिक १७, बुुटवल । त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त लुम्बिनी वाणिज्य क्याम्पस बुटवलमा संचालित स्वायत्त कार्यक्रमहरुको सत्रान्त परीक्षा सोमबारबाट सुरु भएको छ ।

विद्यार्थीहरुको शैक्षिक क्यालेण्डरमा असर नपर्ने गरी स्वायत्त परीक्षा संचालक समिति लुम्बिनी वाणिज्य क्याम्पसको निर्णयानुसार भाद्र महिनामा सत्रान्त परीक्षा तालिका सार्वजनिक गरिएको थियो ।

पुर्व प्रकाशित परीक्षा तालिका वमोजिम आज बाट स्नातकोत्तर तह एम.वि.ए.– वि.एफ. तेश्रो सत्रको कोरोना संक्रमणको सुरक्षाका अधिकतम उपायहरु अवलम्बन गर्दै, आवश्यक भौतिक दुरी कायम गरी परीक्षा सुरु गरिएको क्याम्पस प्रमुख प्रा.डा. तारा प्रसाद उपाध्यायले जानकारी दिनुभयो । 

परीक्षा अगाडी परीक्षार्थीहरुको तापक्रम मापन गर्ने, मास्क वितरण गर्ने कार्य गरिएको र सामान्य समस्या भएका विद्यार्थीहरुलाई छुट्टै कोठामा राखि परीक्षामा सहभागी हुने प्रवन्ध मिलाइएको क्याम्पसले जनाएको छ ।

त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुका प्रतिनिधि तथा स्वायत्त परीक्षा संचालक समितिका सदस्य सहप्राध्यापक केशवराज शर्माको पर्यवेक्षण, स्वायत्त परीक्षा संचालक समिति सदस्यहरु प्रा.डा. ईश्वर गौतम, उपप्राध्यापक माया आचार्यको उपस्थिति रहेकोे थियो । 

एक दिनमा एक तहको परीक्षा मात्र संचालन गरिने, परीक्षार्थीहरुको दुरी दुई/दुई मिटर कायम गरिने, परीक्षा सकिएपछि परीक्षा कोठा निर्मलीकरण गरिने व्यवस्था मिलाइएको, विद्यार्थीहरुलाई मास्क अनिवार्य गराइएको, स्यानिटाइजर तथा हात धुने व्यवस्था मिलाइएको र विद्यार्थीहरुलाई परीक्षा सुरु हुनुपुर्व र पछि पनि समुहमा बस्न नपाउने जस्ता सुरक्षाका मापदण्डहरु लागु गरिएको क्याम्पस प्रमुख प्रा.डा. तारा प्रसाद उपाध्यायले बताउनुभएको छ । 

A Levels MA
Thuprai - Books and E-books