After SEE Portal

थारू छात्राको रोजाइमा कानुन विषय

Bridge Course

पढ्ने उत्कट अभिलाषा । पारवारिक आर्थिक अवस्था कमजोर । विहान बेलुकाको गर्जो टार्नै समस्या भएपछि आफ्नो इच्छा आकांक्षालाई जीउँदै मारेर बस्नु पर्ने नेपाली समाजको बाध्यता छ । त्यही बाध्यतामा पिल्सिएका छन् अधिकांश नेपाली । पढाइलेखाइमा अब्बल मानिएका विद्यार्थीले पनि विचैमा पढाइ छाड्नुपर्ने बाध्यता छ । यही बाध्यताका कारण जति तह बढ्दै जान्छ त्यति विद्यार्थीको टिकाउदरको मात्रा घट्दै गएको पाइन्छ ।

आर्थिक सर्वेक्षण २०७७–०७८ अनुसार कक्षा एकमा भर्ना भएका ९७.४ प्रतिशत बालबालिका खुद भर्ना भएको देखिन्छ । माभ्यमिक तह ९–१० मा पुग्दा घटेर ७०.८ प्रतिशत रहेको देखाएको छ । त्यसैगरी कक्षा ११–१२ मा ठुलो गिरावट आई ३१.५ प्रतिशत पुगेको तथ्य सार्वजनिक गरेको छ । अझ माथिल्ला तहमा यसको मात्र घटेर न्यून हुँदै गएको देखाएको छ ।

राससका अनुसार, अनेकैं बाधा व्यवधानका बाबजुद पनि जहाँ इच्छा त्यहाँ उपाय भनेझैं दाङको लमही नगरपालिका–९ अमिलिया निवासी रामकुमारी चौधरीको कानुन पढ्ने इच्छा थियो । घरको अवस्था निकै कमजोर थियो । घरबाट उनको पढाइ खर्च जुटाउन हम्मेहम्मे पर्छ । तर पनि उनले ‘कानुन’ पढ्ने इच्छा जाहेर गरेपछि उनलाई घरपरिवारको पूर्ण समर्थन छ । अहिले उनले ‘कानुन’ विषय पढिरहेकी छिन् । “मेरो घरको आर्थिक अवस्था निकै कमजोर छ, घरबाट पढाउन सक्ने अवस्था छैन”, उनले भनिन्, “तर मैले इच्छा राखेपछि बुबाले जसरी पनि पढाउने दृढ संकल्प गर्नुभयो ज्याला मजदुरी गरेरै भएपनि मलाई खर्च जुटाइ दिनु भएको छ ।”

तुलसीपुर उपमहानगरपालिका–१२ स्थित मेट्रो कलेजमा कानुन विषयमा स्नातक (बिएएलएलबी) पढिरहेकी छिन् । कलेजले स्थानीय स्तरमा नै कानुन विषयको अध्यापन गरेर आफू जस्ता धेरै विद्यार्थीलाई पढ्न सहज भएको उनको भनाइ छ । उनको जीवनको लक्ष्य नै अधिवक्ता (लयर) बन्ने छ। सकेसम्म न्यायाधीश बन्ने इच्छा हो”, उनले भनिन्, “यदि त्यो सकिएन भने पनि अधिवक्ता बन्ने ठूलो धोको हो ।”

तुलसीपुर–११ निवासी सरु चौधरीको पनि घरको आर्थिक अवस्था कमजोर छ । उनलाई घरबाट पढाइ खर्च पुर्याउन हम्मेहम्मे पर्छ । तर उनको इच्छा कानुन विषय पढ्ने रह्यो र घरपरिवारले पनि समर्थन गरेपछि अहिले उनले कानुन विषय पढिरहेकी छिन् ।

दाङ थारू समुदायको बाहुल्यता भएको जिल्ला हो । तर दाङमै कानुन विषय पढेका महिला विरलै छन् । यसले पनि उनीहरूलाई कानुन विषय पढ्ने कुराले झक्झक्यायो । “ थारू समुदायमा कानुन पढेका त थुप्रै हुनुहुन्छ”, सरुले भनन्, “तर महिला बिरलै भएकाले पनि हामीले कानुन विषय पढ्ने इच्छा राखेका हौंँ ।”

कानुन विषय पढ्न रु. चार लाख हाराहारी खर्च लाग्छ । अहिले कलेजमा कानुन पढ्ने विद्यार्थीमध्ये बढी छात्रा छन् । ४६ विद्यार्थीमध्ये २६ छात्रा रहेको कलेजका प्रशासन प्रमुख सुधासुमन ढकालले बताए । तीमध्ये छ थारू समुदायका छन् । थारू समुदायकामध्ये एक जनामात्रै छात्र हुन्, अरु सबै छात्रा रहेका छन् । कानुन विषयमा छात्राको आकर्षण बढिरहेको छ । कानुनमा प्रथम विद्यार्थीको शैक्षिकस्तर बढाउन सहज वातावरण हुनुपर्छ ।

रामकुमारी कानुनमा प्रथम

रामकुमारी चौधरीको एसइईमा गणित विषयमा कम ग्रेड आएको थियो । गणितको ग्रेड वृद्धि परीक्षामा पास गर्न उनी तुलसीपुरमै कोठा भाडा लिएर बसिन् ।

गणितमा पनि पास भएपछि उनले तुलसीपुरमै बसेर कानुन विषय पढ्न थालेकी छिन् । त्यतिबेला तुलसीपुरको हिमाल एकेडेमीमा कानुन विषय पनिन् । उनको इच्छा कानुन विषय पढ्ने नै थियो । त्यसैले पनि उनको नतिजा पनि उत्कृष्ट आयो । उनी कक्षाको प्रथम भइिन् । नतिजा पनि राम्रो भएपछि उनले कानुन विषयमा स्नातक पढ्ने रहर गरिन् । अहिले नियमितरूपमा तुलसीपुरमै कानुन विषय पढिरहेकी छिन् ।

सारथी बनेको दिदी घर

जिल्लामा कानुन विषय पढेका महिलाको सङ्ख्या बिरलै छ । त्यसैले महिलाले पनि कानुन पढ्नुपर्छ भनेर नै आफूले सहयोग गरेको दिदी घर संस्थाका अध्यक्ष स्यानी चौधरीले बताइन् । आफ्नै पहलमा उनीहरूलाई कानुन पढ्न लगाएको र पढाइका लागि नियमित सहयोग गरिरहेको उनले जानकारी दिइन् । चौधरीका अनुसार मासिक रु दुई÷दुई हजार सहयोग गर्ने गरेको उनले जानकारी दिइन् ।

A Levels MA
Thuprai - Books and E-books