After SEE Portal

सामुदायिक भवन निर्माणका लागि जग्गादान

Bridge Course

म्याग्दी, ११ चैत (रासस) : बेनी नगरपालिका–१० पात्लेखेतका एक परिवारले गाउँमा सामुदायिक भवन निर्माणका लागि करीब रु पाँच लाख मूल्य बराबरको जग्गा निःशुल्क उपलब्ध गराएका छन् । 

पात्लेखेतका मोमाकुमारी मल्ल (भीमकुमारी)को परिवारले बेनी नगरपालिकाले बनाउन लागेको चार कोठे बहुउद्देश्यीय सामुदायिक भवनका लागि छ आना जग्गा निःशुल्क उपलब्ध गराउनुभएको हो । 

भीमकुमारी, उहाँका छोरा भगवान र प्रताप तथा बुहारी निर्मला मल्लले आइतबार जिल्ला मालपोत कार्यालयबाट बेनी नगरपालिका–१० नम्बर वडा कार्यालयलाई जग्गा रजिष्टे«शन पास गरिदिनुभएको कार्यवाहक वडाध्यक्ष लोकबहादुर पुनले जानकारी दिनुभयो । 

वडाध्यक्ष पुनका अनुसार मल्ल परिवारले उपलब्ध गराउनुभएको जग्गाको मूल्य करीब रु पाँच लाख अनुमान गरिएको छ । मल्ल परिवारले उपलब्ध गराउनुभएको जग्गामा बेनी नगरपालिकाले चालू आर्थिक वर्षमा विनियोजन गरेको रु १७ लाख बजेटबाट सामुदायिक भवन निर्माण शुरु भएको छ । 

स्थानीय सिद्ध महिला विकास सहकारी, वन, कृषक समूह, युवा क्लबलगायत सामाजिक सङ्घ संस्थाको कार्यालयका लागि सामुदायिक भवन प्रयोग गरिने भएको छ । चालू आवभित्रनै एक तले भवन निर्माण सक्ने लक्ष्यसहित काम शुरु भएको कार्यवाहक वडाध्यक्ष पुनले बताउनुभयो । 

A Levels MA