A Levels MA

दृष्टिविहीन विद्यार्थीले पाएनन् ब्रेल लिपिका पाठ्यपुस्तक

जुम्लाको सिञ्जामा रहेको भैरव माध्यमिक विद्यालयमा अध्ययनरत दृष्टिविहीन विद्यार्थीले अहिलेसम्म पनि ब्रेल लिपिका पाठ्यपुस्तक पाउन सकेका छैनन् । जुम्लालगायतका हिमाली जिल्लामा शैक्षिक सत्र माघ २६ गतेबाट शुरु हुन्छ ।

पढाइ शुरु भएको तीन महीना बितिसके पनि दृष्टिविहीन विद्यार्थीले नयाँ पाठ्यपुस्तकको मुहार देख्न पाएका छैनन् । दृष्टिविहीन विद्यार्थीका लागि पठनपाठन र बसोवासको व्यवस्था नेपाल सरकारको सहयोगमा नेपाल नेत्रहीन सङ्घले यस विद्यालयमा गर्दै आएको छ । शैक्षिक सामग्री र पाठ्यपुस्तक हरेक वर्ष तीन/चार महीना ढिला पठाउँदा पढाइ प्रभावित हुँदैआएको छ ।

हाल यहाँका विद्यार्थीलाई पुराना पाठ्यपुस्तक पढ्नुपर्ने बाध्यता छ । कक्षा १ देखि ११ कक्षासम्म अध्ययनरत २६ जना विद्यार्थीले कक्षामा शिक्षकले पढाएको कुरा सुन्नुको विकल्प नरहेको गुनासो गरेका छन् । कक्षा ९ मा मात्रै पाँचजना दृष्टिविहीन विद्यार्थी अध्ययनरत छन् ।

Thuprai - Books and E-books