After SEE Portal

केयुले प्राविधिक धारका विद्यालयलाई लक्षित गरी शिक्षक उत्पादन गर्ने (साप्ताहिक शैक्षिक गतिविधि मंसीर २५–पुस २)

Bridge Course

काठमाडौं विश्वविद्यालय (केयु) को स्कुल अफ एजुकेसनले प्राविधिक तथा व्यावसायिक विषयका शिक्षक उत्पादन गर्ने लक्ष्यका साथ शिक्षाशास्त्र संकायमा सिभिल इन्जिनियर र आइटी विषय पठनपाठन गराउने भएको छ । केयुको स्कुल अफ एजुकेसनले बिटेक इन सिभिल र आइटीको नयाँ कोर्स पढाउने भएको हो ।

प्राविधिकधार सञ्चालन भएका विद्यालयमा दक्ष प्रशिक्षकको टड्कारो अभावलाई मध्यनजर गर्दै स्कुल अफ एजुकेसनले  प्राविधिक तथा व्यावसायिक सीपमूलक शिक्षा पढाउने शिक्षक उत्पादन गर्ने तयारी थालेको डीन प्राध्यापक डा.बालाचन्द्र लुइँटेलले बताए।

केयुले चार वर्षे बिटेक इन सिभिल इन्जिनियर र आइटी आगामी नयाँ शैक्षिक सत्र २०२२ को फेब्रुअरी पहिलो सातादेखि सुरु गर्ने भएको हो । यो कोर्स अध्ययन गर्न विद्यालय तहमा प्राविधिक विषयमा कक्षा १२ उत्तीर्ण गरेको हुनुपर्ने छ ।

विद्यार्थीले बिटेक इन एड अध्ययन गर्न विज्ञान पढेको वा प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सीटीईभीटी) को तीन वर्षे सिभिल वा आइटीमा डिप्लोमा गरेको हुनुपर्ने प्रावधान तयार गरेको छ । ‘विश्वविद्यालयको विद्या परिषद्ले तीन साताअघि मात्र कोर्स पास गरिसकेको छ,’ डिन लुइँटेलले भने, ‘चार वर्षे कोर्समा पूर्ण रूपमा सीपमूलक व्यावहारिक शिक्षा दिइन्छ। विद्यार्थीले अध्ययनकै क्रमममा सिभिलतिर छन् भने निर्माण क्षेत्रमै गएर काम गर्नुपर्छ, यदि आइटीतर्फ बिटेक इन एड गर्ने हो भने कम्प्युटर कम्पनीहरूमा गएर सफ्टवेयरतर्फ अन द जब ट्रेनिङ गर्नुपर्छ।’

हाल देशभरि कक्षा १२ सञ्चालन भएका १२ हजार सामुदायिक विद्यालय छन्। ती सबै विद्यालयमा करिब २४ हजार प्रशिक्षित जनशक्ति उत्पादन गर्ने लक्ष्यका साथ यो कोर्स सुरु गरेको हो ।

पहिलो चरणको कक्षा सञ्चालन केयुले जनकपुर र सिन्धुलीमा सञ्चालन गर्ने तयारी थालेको छ । पहिलो ब्याचमा ३०–३० जनाको सिट विश्वविद्यालयले तोकिसकेको डीन लुइटेलले बताए ।

केयुले स्थानीय समुदाय र पालिकासँग सहकार्य गरी पालिकाले छानेको शैक्षिक संस्थामा कोर्स सञ्चालन गर्ने निर्णय गरेको छ ।

‘इन्जिनियरहरूले स्कुलमा गएर पढाउँदैन,’ उनले भने, ‘विद्यालयमा ओभरसियर,डिप्लोमा र प्रिडिप्लोमा पढाउने शिक्षकहरू नै छैनन्। शिक्षकहरूलाई प्राविधिक सीप,ज्ञान दिन सम्बन्धित विषयमा जस्तै सिभिलले सिभिलमै र आइटीले आइटीमै ८० क्रेडिटको सम्बन्धित विधामा अध्ययन गर्नुपर्ने कोर्स तयार पारिएको छ।’

चार वर्षे कोर्सका लागि करिब ५ लाख रुपियाँ खर्च लाग्ने केयुले जानकारी दियो । चार वर्षे कोर्समा शिक्षकले सम्बन्धित विषयको ज्ञान, सप पाउन सक्ने, पढाउन सक्ने र समुदायमै बसेर आफ्नो विषयमा काम पनि गर्न सक्ने क्षमतावान् प्राविधिक शिक्षक उत्पादन गर्ने उदाहरणीय काम थालेको डीन लुइँटेलको दाबी छ।

‘इन्जिनियरिङ अध्ययन गरेका वा आइटी इन्जिनियर पढेकाहरू सबै आ–आफ्नो काममा रमाएका छन्। अधिकांश राम्रो कमाइको लोभमा बिदेसिएका छन्,’ डीन लुइँटेलले भने, ‘सरकारले विद्यालय तहमा ९–१२ मा सिभिल, आइटी, एग्रिकल्चारलगायत प्राविधिक विषय सुरु गरेको छ भने अर्कातर्फ सीटीईभीटीले पनि एसईईपछि नै तीन वर्षे डिप्लोमा कोर्स पठनपाठन गराउँदै आएको छ। विद्यालयमा यी विषय पढाउने शिक्षकहरू नै छैनन्। त्यही भएर काठमाडौं विश्वविद्यालले अध्ययनअनुसन्धान गरेरै शिक्षा संकायतर्फ सिभिल र आइटीमा शिक्षक उत्पादन गर्ने उद्देश्य लिएको हो।’

केयुले यसै हप्ता एक हजार ४४९ जना विद्यार्थीलाई दीक्षित गरेको छ । केयुको २७ औँ दीक्षान्त समारोहमा आज ती विद्यार्थीलाईलाई दीक्षित गरिएको हो । दीक्षान्त समारोहमा विश्वविद्यालयका विभिन्न विधाका स्नातक विद्यार्थी दीक्षित भएका हुन् । २०७८ मंसीर ३ गते सम्म स्नातक उपाधि हासिल गरेका विद्यार्थीलाई केयुले दीक्षित गरेको हो ।

दीक्षान्त समारोहमा पदक पाउने विद्यार्थीको नामावली संशोधन

त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले विश्वविद्यालयो ४७ औं दीक्षान्त समारोहमा दीक्षान्त पदकहरु पाप्त गर्ने विद्यार्थीहरुको संशोधित सहित अन्तिम नामावली प्रकाशित गरेको छ ।

विश्वविद्यलायबाट लिइएको विभिन्न तह एवम् विषयका परीक्षाहरुमा सर्वप्रथम भएका विद्यार्थीहरुको नामावली प्रकाशित गरेको हो ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षाका १७ जना उपसचिवको सरुवा गरेको छ । मन्त्रालयमा हाजिर गराएको ठिक तीन महिनापछि उनीहरुको सरुवा गरिएको हो । 

शिक्षक सेवा आयोगले माध्यमिक तहको खुलातर्फ १ हजार ५ सय ४७ शिक्षकका लागि यो हप्ता आवेदन माग गरेको छ । आयोगले सातै प्रदेशमा नेपालीमा २३१, अङ्ग्रेजीमा ३१२, गणितमा २८९, विज्ञानमा ४३५, सामाजिक अध्ययनमा २०१, अर्थशास्त्रमा १०, कार्यालय सञ्चालन तथा लेखामा ५१, शिक्षा १, स्वास्थ्यमा २, शुक्लयजुर्वेद २,संस्कृत व्याकरणमा २, संस्कृत भाषा३, संस्कृत साहित्य १, कम्प्युर विज्ञान ६ र न्यायमा १ जना शिक्षक माग गरेको हो ।

इच्छुक उम्मेद्वारले  आगामी पुस १ गतेदेखि २९ गतेसम्म नियमित शुल्कमा र माघ ६ गतेसम्म अबिलम्ब शुल्कमा परीक्षा आवेदन फाराम भर्नुपर्ने  आयोगले जानकारी दियो ।

म्याग्दीको बेनी नगरपालिका–२ खबरामा रहेको हंशबाहिनी आधारभूत विद्यालयको रकम हिनिामिना भएको छ । लागत अनुमानभन्दा रु १० लाख बढी खर्च देखाएका विद्यालय प्रशासन, व्यवस्थापन र निर्माण समितिले भवन निर्माणका क्रममा सापटीवापत प्रयोग गरेको विद्यालयको रु। छ लाख ५० हजार फिर्ता गरेका छैनन् ।

A Levels MA
Thuprai - Books and E-books