After SEE Portal

माविमा १५४७ नयाँ शिक्षक छनोटका लागि विज्ञापन

Bridge Course

शिक्षक सेवा आयोगले माध्यमिक तहको १ हजार ५ सय ४७ शिक्षक छनोटका लागि  खुला तर्फको  विज्ञापन गरेको छ । आयोगले आज गरेको विज्ञापन अनुसार इच्छुक उम्मेद्वारले  आगामी पुस १ गतेदेखि २९ गतेसम्म नियमित शुल्कमा र माघ ६ गतेसम्म अबिलम्ब शुल्कमा परीक्षा आवेदन फाराम भर्नुपर्ने  आयोगले जानकारी दियो ।

देशभर रिक्त रहेका माध्यमिक तहमा स्थायी नयाँ शिक्षक भर्नाका लागि आयोगले सातवटै प्रदेशबाट आज सूचना जारी गर्दै दरखास्त आव्हान गरेको हो । आयोगले नेपाली विषयमा कूल २३१, अङ्ग्रेजी विषयमा ३१२, गणित विषयमा २८९, विज्ञान विषयमा ४३५, सामाजिक अध्ययन विषयमा २०१, अर्थशास्त्र विषयमा १० र कार्यालय सञ्चालन तथा लेखा विषयमा ५१ शिक्षकका लागि दरखास्त आह्वान गरेको छ ।

शिक्षा, शुक्लयजुर्वेद, स्वास्थ्य, संस्कृत व्यापकरण, संस्कृत भाषा, संस्कृत साहित्य, कम्प्युटर विज्ञान, न्यायजस्ता विषयमा शिक्षकका लागि दरखास्त आह्वान गरिएको आयोगले जनाएको छ । अठार वर्ष उमेर पुगेर ४० वर्ष ननाघेका व्यक्तिले दरखास्त दिन सक्ने व्यवस्था गरिएको छ ।

 आयोगका अनुसार सो विज्ञानपनको परीक्षा आगामी  चैत्र १५ गते परीक्षा सञ्चालन हुने भएको छ । परीक्षा आवेदन फारम अनलाइनबाट भर्ने व्यवस्था गरिएको छ ।यो सूचना आयोगले प्रँविधिक कारण वेबसाइटमा भने भोलि मात्र राख्ने भएको छ । साथै आयोगले भोलिको गोरखापत्रमा  यो सूचना सार्वजनिक गर्ने भएको छ । 

 

A Levels MA
Thuprai - Books and E-books