A Levels MA

काठमाडौं विश्वविद्यालयको सिनेट निर्णयमा पुग्न सकेन, २१ माघमा सभा बोलाइयो

काठमाडौं विश्वविद्यालयको सिनेट ठोस निर्णयमा पुग्न सकेन । आज दिनभर प्रधानमन्त्री निवास वालुवाटारमा सिनेट बसेपनि कुनै निर्णयमा पुग्न सकेन । आफ्नै प्रस्तावना विपरीत विश्वविद्यालयका उपकुलपति प्रा.डा. रामकण्ठ माकाजुले मन्तव्य व्यक्त गरेका थिए ।

कुलपति समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको सभामा  उपकुलपति माकाजुले पाँच वटा एजेण्डा पेश गरेका थिए । तर, विश्वविद्यालयका उपकुलपति माकाजुले प्रस्तावना विपरीत धारणा राखेपछि बैठक अन्य एजेण्डामा प्रवेशनै नगरी स्थगित भएको सभामा सहभागी एक सदस्यले इडियूपत्रसंग वताए ।

विश्वविद्यालयभित्र कर्मचारी तथा प्राध्यापकहरूले आफ्नो पेसागत हकहितका लागि खोलेको संघलाई मान्यता दिनुपर्ने पहिलो एजेण्डा थियो । विशेष सभामा विश्वविद्यालयको कार्यव्यवस्था संशोधन, आर्थिक नियमावली संशोधन, दरवन्दी सम्बन्धमा, विभिन्न समितिहरूको प्रतिवेदन पेश गर्ने योजना बनाइएको थियो ।

आगामी माघ २६ मा सभा बस्ने भएको छ । काठमाडौं विश्वविद्यालय प्राध्यापक संघले काठमाडौँ विश्वविद्यालय ऐन, २०४८ मा भएका विभेदकारी प्रावधान हटाई सम्बन्धित सबै पक्षको सभागितामा संशोधन गर्नुपर्ने, विश्वविद्यालयमा भइरहेको आर्थिक तथा नीतिगत भ्रष्टाचारको अन्त्य गर्नुपर्ने माग अघि सारेको छ ।

यस्तै प्राध्यापक तथा कर्मचारीको नियुक्ति, नियमित वृत्ति विकास, प्रोत्साहनका सम्बन्धमा आवश्यक नीति, नियम निर्धारण गरी लामो समयसम्म एउटै पदमा कार्यरत करार-अस्थायी सेवाका प्राध्यापक तथा कर्मचारीको विषय संशोधन गर्नुपर्ने, विश्वविद्यालयको शैक्षिक गुणस्तर खस्किरहको अवस्थामा गुणस्तर अभिवृद्धिका लागि आवश्यक योजना निर्माण गरी कार्यान्वयन गर्नुपर्ने, विश्वविद्यालयका कार्यरत प्राध्यापक र कर्मचारीको पेशागत सङ्गठनलाई मान्यता दिई विश्वविद्यालय सङ्गठनात्मक ढाँचामा समावेश गर्नुपर्ने माग राख्दै तालाबन्दी गर्दै आएको छ ।

तर, यी विषयमा विश्वविद्यालय सभाले ठोस निर्णय लिन सकेन । 

Thuprai - Books and E-books